“खाउ पकाउ पैसा कमाउन” मात्रै डिएसपी आचार्य गरुडा आएकोः वडाध्यक्ष चौधरीको गम्भीर आरोप

0 Shares
रौतहट, २५ माघ । रौतहटको गरुडा नगरपालिका स्थित रहेका इलाका प्रहरी कार्यालयको कमाण्ड सम्हालेका डिएसपी शंकर आचार्य माथि “खाउ पकाउ गरी पैसा कमाउने” उद्देश्यले यहाँ आएको यतिखेर गम्भीर आरोप लागेका छन् ।
गरुडा नगरपालिका–६ शिवनगर स्थित आदर्श आयल स्टोर्समा गत १५ गते राति ९ बजेको समयमा भएको घटनालाई डिएसपी आचार्यले गम्भीरतापूर्वक हेर्न नसक्दा उनीमाथि स्टोर्सका साहुँ एवं वडा नम्वर ६ का अध्यक्ष रामबाबु चौधरीले पैसा कमाउने उद्देश्यबाट मात्रै गरुडामा आएको गम्भीर आरोप लगाएका हुन् ।
घटना भएको ९ औं दिनमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पिडित आयल स्टोर्सका संचालक चौधरी ब्रदर्शद्वारा आयोजित पत्रकार सम्मेलन मार्फत डिएसपी आचार्य माथि रोस प्रकट गर्दै गम्भीर आरोपहरु लगाए ।
माघ १५ गते राति ९ बजेर १ मिनेटमा एक जना युवा मोटरसाइकलमा १ सय रुपैयाको पट्रोल हाले, पैसा दिएन, पैसा वापत मोवाइल एक छिन राख्नुस पैसा लिएर आउदैछु भनेर हिड्यो, २० मिनेटमा ६–७ जना आएर अकस्मात स्टोर्समा उपस्थित रहेका पम्पधनीका रंजीत चौधरी, रोहित चौधरी र मुकेश चौधरी भाई र छोरा माथि आक्रमण गरेर चोट पर्याई फरार भएका थिए ।
तर संचालक पक्षमाथि गरिएका साँघातिक आक्रमणको सिसिटिभीमा दृष्य कैद भयो । घटनाको जानकारी पाउना साथ वडाध्यक्ष चौधरी र प्रहरी संगै पम्पमा पुगेर घटना विवरण लिए, अनुसन्धान पनि गरे, सिसिटिभी फुटेज समेत हेरेपछि भोली जाहेरी लिएर आउनुस डिएसपीले भनेर हिडेको वडाध्यक्ष चौधरीले पत्रकार सम्मेलनमा भने ।
सिसिटिभी फुटेजको आधारमा त्यहाँ आएको ६ जना व्यक्तिको पहिचान भएपछि नामै किटान गरेर ज्यान मार्ने उद्योग संगै डाँका मुद्दामा जाहेरी लिएर जाँदा दर्ता गर्न मानेनन् । यस्तो जाहेरी दर्ता हुँदैन, अभद्र व्यवहारका जाहेरी लिएर आउनुस भनेर त्यही दिन देखि डिएसपी आचार्यले इप्रकामा दौराईरहदा बाध्य भई डिएसपी आचार्यको कर्तुत सार्वजनिक रुपमा उनले छरपष्ट पारे ।
साँघातिक हमलाबाट सिकिस्त भएपछि आउदो सोमवार एभरेष्ट अस्पताल काठमाडौंमा नाकको शल्यक्रिया हुने बताउदै वडाध्यक्ष चौधरीले मेरो दुई छोरा र भाई घाइते भएपनि जाहेरी दर्ता नगर्ने डिएसपी आर्थिक प्रलोभन र राजनीति ओतप्रोतबाट प्रभावित भएको उनले गुनासो गरे ।
त्यती मात्रै नभई घटनाका क्रममा नगदसहितको झोला लुटेर भाग्न खोज्दा तिनीहरु मध्येकै एक जनाको हातबाट झोला बरामद गरिएपनि ६५ हजार रुपैयाँ लुटिएको पीडित पक्षले जनाए ।
घटनाको सीसीटीभी फुटेज, मोबाइलमा खिचिएको भिडियो तथा घाइतेको अवस्था समेत रेकर्डमा रहेको भए पनि प्रहरी प्रशासनले अहिलेसम्म प्रभावकारी अनुसन्धान र मुद्दा दर्ता नगरेको आरोप पीडितले लगाए ।
पीडितले इलाका प्रहरी कार्यालय, डीएसपी कार्यालय तथा प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि “जाँच भइरहेको छ” भन्ने बाहेक ठोस कदम नचालिएको गुनासो गरे ।
चिन्ताजनक कुरा के छ भने, घटना भएको पेट्रोल पम्प शिवनगर इलाका प्रहरी कार्यालयबाट करिब ३० मिटरको दूरीमै रहेको छ । यति नजिकै प्रहरी चौकी हुँदाहुँदै पनि पेट्रोल पम्प असुरक्षित हुनु, कर्मचारीमाथि साङ्गातिक हमला हुनु र लुटपाट हुनुले स्थानीय सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको पिडित पक्षले बताए ।
पीडितले यस घटनामा राजनीतिक दबाब, लेनदेन र मिलेमतोको आशंका समेत व्यक्त गरेका छन् ।
यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी आचार्यले घटनाको सिसिटिभी फुटेज हामी अध्ययन गरिरहेका छौं, घटना अनुसार लुटपाट देखिदैनन, ज्यान मार्ने नै आएकोपनि देखिदैनन, हामी गहन अनुसन्धान गर्दैछु, घाउ जाँचको लागि पठाइएको छ, जाहेरी लिएर नआएको दाबी गरे ।
तपाई खाउ पकाउ गरी कमाउन आउनु भएको छ, तस्करीको सामान पास गराएर पैसा कमाइरहेको तर पिडितलाई झन् पिडित बनाउने कार्य गरिरहनु भएको तराई टपले सोधेका प्रश्नको जवाफमा जसले जे पनि भन्न सकिन्छ, यथेष्ट रुपमा प्रमाण पेश गर्नुपर्यो अन्यथा आरोप लगाउन मिल्दैन भन्दै उनी पन्छिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।