प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई आफनो अधिनमा पार्न चिनियाँ जासुस सकृय

   १२ पुष २०७८, सोमबार १३:२१  

काठमाडौं, १२ पुस । नेपाल एक प्राकृतिक सौन्यताले भरिपूर्ण सार्वभौम सम्पन्न देशको रुपमा विश्वविख्यात रहेको छ । हिमालको काँखबाट कलकल बगिरहेको झरना होस वा ठूल ठूला नदीहरु किन नहोस, ताल होस वा मनोरम दृष्य होस् विश्वको आँखा नेपालको प्राकृतिक सुन्दरताबाट लोभ्याइ एक पटक नेपालको मनोरम दृष्य अवलोकन गर्न आकर्षित गरिरहेको देखिन्छ । तर नेपालको उक्त मनोरम दृष्य हेर्नुको पछाडी उत्तरी छिमेकी राष्ट्रको आफनौ स्वार्थी लुकेको पाइन्छ जो पछिल्ला दिनहरुमा उजागर भएको छ । लगानीको बहाना मा वा जुनसुकै अवस्थामा पनि नेपालमा आफनो बर्चस्व काय राख्ने होडमा जुनसुकै कार्य गर्नमा अहिले तल्लिन रहेका छन् ।
अहिले नानाथरिका अनुदानका नाममा लोभ देखाई आफ्ना स्वाथ्य पुर्तिका लागि गिद्धे नजर लाउने विदेशी र तिनका मतियारहरुकै बिगविगी नेपालमा रहेको छ । राजनैतिक स्वार्थ र पदमोहमा परेर राष्ट्रीय स्मिता नै दाउमा राख्न प्रतिस्पर्धारत स्थीत्वहिन नेता र तीनका भरौटेहरुबाट भरिभराउ नेपाल निरीह रहेको अवस्थामा छ । आफनो पुर्खाको रगतले सृजित स्वाभिमानी इतिहासलाई चटक्कै बिर्सेर कुरिती र कुसंस्कारमा चुर्लुम्मै डुब्ने गरी विदेशी हातहरुलाई खेल्न आमंत्रित गर्ने हामी नेपालीको नेपाल । अनि कहाँ हुन्छ त स्वाभिमानले शिर ठड्याएर आफ्नो पहिचानका जगमे उभिने साहस । अरुको अनुदानका भरमै चिल्ला सडक र सुविधा सम्पन्न गाड़ीमा हिन्न चाहनेले तिनका हातको कठपुतली पनि बन्नै पर्छ नि । र ति विदेशी प्रभुहरुको गुणगान गाएर भक्तको प्रमाण पनि त दिनै पर्यो नि ।
हाम्रो सबभन्दा नजिकको छिमेकी र हरेक दुख सुखका साथी भारतलाई उनका अनेक व्यवहारमा सवाल जवाफ गरेकै हुन्छौं । खै कुन चैं दुश्मनी साधेर देखि नसक्नु छ । तर पर्दा पिछाड़ीका अदृश्य शक्तिहरु मार्फत चीन, अमेरिका, पाकिस्तान, बांगलादेश लगायतका अन्य राष्ट्रहको चलखेलको बारेमा न कुनै जानकारी हासिल छ नत कहिं कतै चर्चा हुन्छ ।
राजनीतिक प्रयोगशालाको रुपमा नेपाली भूमिको प्रयोग हुने सम्भावना बढेर गएको पछिल्ला थुप्रै स्रोत र अनुसंधानहरुले जनाएका छन । यस्तै वास्तविकतालाई नियालेर हेर्दा मात्रै थाहा हुन्छ नेपालमा भैरहेको विदेशी मित्रराष्ट्रहरुको चलखेल । विश्वशक्ति राष्ट्र अमेरिकाले विभिन्न सफटवेयर र प्रविधिको प्रयोग गरेर नेपालमा जासुसी गरिरहेको चर्चा सुरु भएको छ । मलेसियाली कम्पनी एक्जियाटा अन्तर्गत नेपालमा सञ्चालनमा रहेको ‘एनसेल एक्जियाटा लिमिटेड’ ले चीनियाँ कम्पनी हुवावे सँग मिलेर नेपालमा सुराकी गरेको कुरा वाहिरिए पछि अमेरिका प्रति पनि कतिपयले प्रश्न उठाउन थालेका छन् ।
यता विश्वलाई नै चुनौति दिने गरी अघि वढिरहेको चीनलाई नेपाल लगायतका अन्य देशमा रोक्न अमेरिकाले रणनीति वनाई रहेको र त्यसै अन्तर्गत विभिन्न सफटवेयर र प्रविधि मार्फत सुराकी गरिरहेको हल्ला चल्न थालेको छ । अमेरिकाले पनि नेपालमा एमसीसी कसरी कार्यान्वयनमा ल्याउने र चीनलाई कसरी रोक्ने भन्ने रणनीति अनुसार शिर्ष नेताहरुको निगरानी वढाईरहेको बताइएको छ । खास गरी एमसीसीको विरोध गर्नेहरुको अमेरिका जाने भिसा रोक्ने, डिभीका लागि आवेदन दिएकाहरुको प्रकृया रद्ध गर्ने लगायतका नीति अमेरिकाले अख्तियार गरेको हुन सक्ने अनुमान श्रोतले लगाएको छ ।
यसअघि चीनले नेपालमा सुराकी गरिरहेको कुरा वाहिर आएको थियो । हुवावे र एनसेलको प्रयोग गरेर जासुसी गरेको विषय सिक्काको एउटा पाटो मात्रै हो, चीनले अन्य विभिन्न माध्मवाट नेपालमा जासुसी गर्ने गरेको ति श्रोतले बतायो । कतै प्रत्यक्ष र कतै अप्रत्यक्ष रुपमा यो श्रृंखला चल्दै आएको छ । सिमावर्ती क्षेत्रमा चीनले ड्रोन मार्फत र चीनियाँ प्रहरी खटाएर नेपाली क्षेत्रमा जासुसी गरिरहेको छ । नेपाल प्रवेश गर्ने चीनियाँ सुरक्षाकर्मीले मादक पदार्थ सेवन गरी नेपालीहरुलाई कुटपिट गर्ने, दुर्ब्यवहार गर्ने लगायतका विषयमा श्रृंखलवद्ध समाचारहरु प्रकाशन÷प्रशारण भएकै हो ।
सिमाआसपासका नेपालीहरु भन्छन् उनीहरुले स्थानीय प्रशासनलाई समेत दवावमा राख्ने गरेका छन् भने कतिपयलाई विभिन्न प्रलोभन समेत दिने गरेका छन् । उनीहरुको मुख्य उदेश्य भनेको सूचना संकलन गर्नु रहेको स्थानीयवासीहरु वताउँछन् । यसैगरी, काठमाण्डौमा चीनियाँ दुतावास मार्फत परिचालित कतिपय ब्यक्ति तथा संस्थाहरु नै यो कार्यमा संलग्न छन् ।
नेपालमा कतिपय मिडियाले समेत चीनका लागि काम गर्ने गरेको वेला वखत आरोप लाग्ने गरेको छ । केही समय अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ मार्फत कान्तिपुर पब्लिकेशनले चीनको अरवौं रुपैयाँ भित्र्याएको चर्चा चलेकै हो । चीनले आफु अनुकुलका सम्पादक नियुक्त गर्नुपर्ने सर्तमा कान्तिपुरलाई पैसा दिएको नेपाल डेमोक्र्याट यूनियनका अध्यक्ष सिद्धार्थ गौतमले खुलासा गरेका थिए ।
चीनको सर्त अनुसार कान्तिपुरले सुधीर शर्मालाई प्रधान सम्पादक र उमेश चौहानलाई सम्पादक वनाएको उनले वताएका थिए । कान्तिपुर मात्र होईन, अन्य धेरै मिडियाले चीनका लागि काम गर्ने गरेको वताउने गरिएको छ । खास गरी अमेरिकी परियोजना एमसीसी कार्यान्वयनमा जान नदिन र आफनो देशको परियोजना विआरआईलाई कार्यान्वयनमा लैजान चीनले जासुसी गर्ने र त्यसै अनुसार गतिविधिहरु सञ्चालन गर्दै आएको स्रोतको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै