गैंडाटार वन क्षेत्रमा ‘खयर जातको रुख’ का कटान तिव्र

0 Shares
रौतहट, २५ माघ । रौतहटको गैंडाटार सबडिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा पछिल्लो समय बहुमूल्य खयर जातका रुखहरू काटन कार्य तिव्र बनेको तथ्य सार्वजनिक भएको छ ।
स्थानीय श्रोतका अनुसार वन क्षेत्रमा रहेका बहुमूल्य खयरको रुख फँडानी भइरहँदा समेत सम्बन्धित निकाय भने आँखामा पट्टी बाँधेर मुखदर्शक बनेको देखिएको हो ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कर्मचारीहरूको ध्यान चुनावी गतिविधितर्फ केन्द्रित भएको मौका छोपेर संगठित तस्कर गिरोहद्वारा खयर कटान तीव्र रूपमा भइरहेको पाइएको छ । खयरजस्ता बहुमूल्य काठ डमरु, मादल लगायत संरचना निर्माणको नाममा व्यापारिक प्रयोजनका लागि अवैध रूपमा काटिँदै भारततर्फ समेत ओसारपसार भइरहेको श्रोतले बतायो ।
स्थानीयवासीको भनाइमा, वन क्षेत्रबाट काठको ओसारपसार खुलेआम भइरहँदा पनि सबडिभिजन र डिभिजन वन कार्यालयले कुनै चासो नदेखाएको गुनासो गरे । “वन तस्करी भइरहँदा पनि वन कार्यालय मौन छ, यो मौनता आफैंमा शंकास्पद छ,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।
वन संरक्षण र जैविक विविधताको रक्षा गर्नुपर्ने जिम्मेवार निकाय नै निष्क्रिय हुँदा रौतहटको वन सम्पदा गम्भीर संकटमा परेको स्थानीयले चिन्ता व्यक्त गरे । यदि तत्काल कडा अनुगमन, छापामारी र कानुनी कारबाही नभए खयरसहित अन्य बहुमूल्य जातका रुखहरू पूर्ण रूपमा समाप्त हुने खतरा बढ्दै गएको उनीहरू बताउँछन् ।
यस विषयमा सम्बन्धित वन कार्यालयका अधिकारीहरूसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेनन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।