एमसीसी पास गराउने विषयलाई लिएर नेपालमा राजनितिक धुव्रिकरणको सम्भावना बढ्दै

रौतहट, १२ पुस । एमसीसी पास गराउन चलिरहेको प्रतिष्पर्धाबाट नेपालमा फेरी राजनैतिक धुव्रिकरण बढ्ने संकेत देखिएको छ ।
केही साता देखि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले को संसद अवरोध र अमेरिकाको मिलेनियम च्यालेन्ज कपोरेसन एमसीसीको बारेमा सत्ता गठबन्धन भित्रै राजनैतिक दलहरु बीच नै सहमती जुट्न नसक्दा मुलुकमा फेरी राजनैतिक धुव्रिकरण हुने सम्भावना बढेर गएको हो ।
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता नेपालको संसदद्धारा आगामि ३ महिना भित्र पनि अनुमोदन नभए फिर्ता लैजाने चेतावनी दिइसेको छ । उर्जा र सडक पुर्वाधार निर्माणका लागि अमेरिकाले एमसीसी कम्प्याक्ट सम्झौता गरेको चार वर्ष वितिसक्दा पनि नेपाली राजनैतिक दलहरु बीच मतभेद उत्पन्न हुंदा संसदबाट पास हुन सकेको छैनन । अमेरिकाले सडक पूर्वाधार र उर्जा अन्तर्गत प्रसारण लाईन निर्माणको लागि ५० अर्व रुपैया दिने सम्झौता गरेको थियो । यस अनुदान सहयोग लिन अमेरिकाले नेपाल संग पटक पटक आग्रह गरिरहेको छ ।
इन्डोप्यासेफिक रणनिति खन्तर्गत एमसीसी अनुमोदनका लागि गत सेप्टेम्बरमा एमसीसी उपाध्यक्ष फतिमा जि सुमार र नोभेम्वरमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु ले प्रधानमन्त्री शेर बहादुर देउवा सहित सत्ता पक्षिय दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली संग भेट गरी उनीहरुको धारणा बुझेका थिए । भेट गरेका नेताबाट समान धारणा आएपछि अमेरिकी प्रतिनिधी मण्डल विश्वस्त भई फर्किएको थियो । गत महिना मात्र नेपाल आएका अमेरिकी सहायक विदेश मन्त्री लु ले नेपालका राजनैतिक दलहरुलाई २८ मंसिरमा एमसीसी अनुमोदन गर्न सुझाव दिएका थिए । सोही दिन अमेरिकाले पनि एमसिसि बोर्ड बैठक राखेको थियो । त्यस र्बोड बैठकमा नेपालको एमसीसी र्बोड बैठक राखेको थियो । त्यस बोर्ड बैठकमा नेपालको एमसिसि कम्प्याक्ट विषय पनि राखिए । एमसीसी बोर्ड बैठक कै दिन पारेर नेपालमा पनि संसद बैठक आह्वान गरिए तर पनि एमसीसी लगायतको एजेण्डा राखिएन । बरु एक दिन संसद बैठक बसेर सात दिनको लागि स्थगित भयो । त्यही विषय लिएर नेपालका राजनैतिक दलहरु बिच राजनैतिक धुव्रिकरण बढ्दै गईरहेको छ ।
यही विषय पेचिलो बन्दै जांदा सत्ता पक्षिय गठबन्धन दलभित्रै पक्ष र विपक्ष को बहसले गठबन्धननै धरापमा पर्ने संकेत देखिदैछ । एमसीसी पेचिलो बन्दै जांदा उतरी छिमेकी मुलुक चिनले पनि आफ्नो सक्रियतालाई तिव्र पारेको छ । नेपाली कांग्रेस र नेकपा एमाले ले एमसीसीलाई संसदबाट पास गर्ने मनस्थिती बनाएको बुझेपछी चिनले फेरी एमसीसी रोक्न राजनैतिक भेटघाटलाई तिव्रता दिएको छ ।
यता नेकपा माओवादी, विप्लव समुह सहित २६ दलिय मोर्चाले पनि एमसीसी विरुद्ध संघर्ष गर्दै आईरहेका छन् । यस्ता विषयहरुले गर्दा अहिले नेपालको राजनितिमा बाहिरी हस्तक्षेप बढेर गएको छ भने आन्तरिक राजनिति पनि कमजोर हुंदै गईरहेको छ । पक्ष र विपक्षका राजनैतिक दलका नेताहरुले बहस गरिरहँदा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता माथि नै थप चुनौतीहरु आउन सक्ने अवस्था बन्दै गईरहेको छ । यस विषयमा सवैले विचार पुर्याएर निर्णय लिनु नसके देशमा ठूलो राजनीतिक संकटको खतराको बादल मडारिरहेको छ । नेताहरुले आफ्नो जनमतको दुरुपयोग नगरी नागरिकको आवाजलाई सम्बोधन हुने निर्णय गर्न जरुरी रहेको छ ।
जनताले एमसीसी घातक हुन सक्ने बताइरहेका बेला सत्तासीन दलहरु जसरी पनि एमसीसी पास गर्ने दाउमा रहनुले कतै नेताहरुको सिमित स्वार्थ पुरा गर्नका निम्ति मात्रै एमसीसी पास गराउन खोजिएको त होइन भन्ने गम्भिर प्रश्न पनि खडा भएको छ ।