दुवै अतिवादीबाट देशलाई जोगाउनुपर्छ’—वीरगंजबाट प्रभु साहको कडा चेतावनी, जेनजी आन्दोलनको प्रतिवेदन तुरुन्त सार्वजनिक गर

0 Shares
वीरगंज, २८ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता जोगाउन युवामाथि गोली चलाउने र सत्ता प्राप्तिका लागि युवालाई उक्साउने दुवै प्रवृत्तिबाट देशलाई जोगाउनु पर्ने बताए ।
अजपा पर्साद्वारा बुधबार वीरगंजको छपकैयामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै साहले जेनजी आन्दोलनको प्रसंग उठाउँदै वर्तमान र पूर्व शासक नेतृत्वमाथि कडा टिप्पणी गरे ।
उनले सत्ता जोगाउन हिंसात्मक दमन गरिएको आरोप लगाउँदै, “जेनजी पुस्ताले सुशासन र भ्रष्टाचार विरुद्ध सचेत आन्दोलन गर्यो, तर सत्ता जोगाउन गोलीको वर्षा गरियो,” उनले भने ।
साथै उनले सत्ता प्राप्तिका लागि युवालाई प्रयोग गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाए । “युवालाई बलिको बोको बनाएर सत्तारोहण गर्ने सोच पनि उत्तिकै खतरनाक छ,” उनले भने, “दुवै अतिवादी प्रवृत्तिलाई कानुनी दायरामा ल्याउनुपर्छ ।”
जाँचबुझ आयोगमाथि प्रश्न
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि घटनाको छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोग माथि पनि साहले असन्तुष्टि व्यक्त गरे । उनले आयोगले समयमै प्रतिवेदन सार्वजनिक गर्न नसकेको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाए ।
“सरकारको आयु सकिन लाग्दा पनि आयोगले प्रतिवेदन बाहिर ल्याउन सकेको छैन, यो शहीदहरुको अपमान हो,” साहले भने ।
उनले आयोगले तत्कालीन सरकारका उच्च पदाधिकारी सँग कडा रूपमा बयान लिन नसकेको आरोप लगाउँदै छानबिन प्रक्रिया प्रभावकारी नभएको दाबी गरे । आयोगले प्रतिवेदन तयार भएको सार्वजनिक रूपमा बताइसके पछि पनि त्यसलाई सार्वजनिक नगर्नु शंकास्पद भएको उनको ठम्याई छ र
‘चुनाव जेनजी आन्दोलनको आलोकमा’
साहले आगामी निर्वाचन जेनजी आन्दोलनको पृष्ठभूमिमा हुन गइरहेको उल्लेख गर्दै जनताले सत्य तथ्य जान्न पाउने अधिकार रहेको बताए । उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भने, “जनता भदौ २३ र २४ को यथार्थ जान्न चाहन्छन् ।”
उनले यो निर्वाचनलाई “सत्यवादी र शक्तिवादी बीचको लडाइँ” को रूपमा चित्रण गर्दै अतिवादी, लोकप्रियतावादी र ‘नक्कली नायक’ हरू पराजित हुने दाबी गरे ।
“हामी संख्यामा होइन, सत्यमा विश्वास गर्छौं,” साहले भने, “गरिब, निमुखा र भुईँमान्छेको न्यायका लागि लड्ने शक्तिलाई नै जनताले साथ दिनेछन् ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।