हसिना अपदस्थपछि बंगलादेशमा मतदान जारीः कडा सुरक्षाबीच मतदान हुँदै, दिउँसो सम्म ३२.८८% मतदान

0 Shares
ढाका, २९ माघ । पूर्वप्रधानमन्त्री शेख हसिना सन् २०२४ मा अपदस्थ भएपछि बंगलादेशमा आज आम निर्वाचन भईरहेका छन् ।
जेन–जी नेतृत्वको विद्रोहपछि आयोजित यस निर्वाचनलाई देशले स्थायित्व र विकासको दिशामा निर्णायक मोडका रूपमा हेरिएका हुन् ।
निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदका अनुसार करिब १२ करोड ८० लाख मतदाताहरु मतदानका लागि योग्य छन् । देशभरका ४२ हजार ६ सय ५१ मतदान केन्द्र मध्ये तीन चौथाइ केन्द्रमा दिउँसो सम्म ३२.८८ प्रतिशत मतदान भएको बताइएको छ ।
विश्लेषकहरूले १७ करोड ५० लाख जनसंख्या भएको राष्ट्रका लागि यो निर्वाचन स्थिर शासन स्थापना गर्न अत्यन्तै महत्वपूर्ण भएको बताए । हसिना विरोधी प्रदर्शनका कारण महिनौं सम्म अशान्ति फैलिएको थियो भने विश्वकै दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बंगलादेशको प्रमुख उद्योग समेत प्रभावित भएको थियो ।
यस निर्वाचनमा पूर्व सहकार्यमा रहेका बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) र इस्लामी जमात–ए–इस्लामीको नेतृत्वमा दुई प्रमुख गठबन्धन प्रतिस्पर्धामा छन् । जनमत सर्वेक्षणहरुबाट बीएनपीलाई अग्रता देखाएका छन् ।
राजधानी ढाकामा बिहानै देखि मतदाताको ठूलो लाम देखिएको थियो । सुरक्षाको कडा प्रबन्धबीच मतदान भइरहेको छ । ढाकाका केही केन्द्रमा घोडचढी प्रहरी समेत परिचालन गरिएको छ ।
हसिनाको अवामी लिग हाल प्रतिबन्धित अवस्थामा छ भने उनी भारतमा स्व–निर्वासित जीवन बिताइरहेकी छन् । यस घटनाक्रमले दक्षिण एसियाली भू–राजनीतिमा नयाँ समीकरणको संकेत गरेको विश्लेषण गरिएको छ । हसिनाको कार्यकालमा भएका अघिल्ला निर्वाचनहरू विपक्षी बहिष्कार र धम्कीका आरोपले विवादित बनेका थिए । तर यसपटकको निर्वाचनलाई बंगलादेशको लोकतान्त्रिक भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसरका रूपमा हेरिएको छ । श्रोतः रोयटर्स

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।