चन्द्रपुरमा एमाले उम्मेदवार रामजी साहको घरदैलो अभियानः रोजगारी, विकास र भूमि समस्या समाधानको प्रतिबद्धता

0 Shares
रौतहट, २९ माघ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले रौतहट क्षेत्र नम्वर ४ का उम्मेदवार रामजी साह चन्द्रपुर–२ जुडिबेलामा घरदैलो अभियानमा व्यस्त छन् ।
स्थानीय बस्तीको घर–घर मा पुग्दै साहले मतदाता सँग प्रत्यक्ष संवाद गरी उक्त प्रतिबद्धता जनाएका हुन् ।
घरदैलोका क्रममा उनले मतदाताले उठाइरहेका दैनिक समस्या, विकासका आवश्यकता र सामाजिक मुद्दाबारे छलफल गर्दै आगामी कार्ययोजनाका मुख्य एजेन्डा प्रस्तुत गरे । साहले स्थानीयको समस्या सुन्दै रोजगारी सिर्जना, दिगो विकास र भूमिहीन नागरिकको दीर्घकालीन समाधान आफ्नो प्राथमिकता हुने उल्लेख गरे ।
रोजगारी र आर्थिक अवसरलाई पहिलो प्राथमिकता
साहले युवाहरू माझ बढ्दो बेरोजगारी चिन्ताको विषय भएको उल्लेख गर्दै क्षेत्रभित्रै सीपमूलक कार्यक्रम, साना उद्योग प्रवद्र्धन, कृषि–व्यवसाय आधुनिकीकरण तथा नयाँ आर्थिक अवसर सिर्जना गर्ने योजनाको खाका प्रस्तुत गरे ।
उनका अनुसार रोजगारीका अवसरलाई व्यवस्थित रूपमा विस्तार गर्न स्थानीय सरकार, निजी क्षेत्र र संघीय योजना बीच सहकार्य आवश्यक छ ।
पूर्वाधार र स्थानीय विकासलाई निरन्तरता
घर घरमा पुगेका साहले सडक, पानी, सिंचाइ, स्वास्थ्य सेवा, विद्युत् र विद्यालय सुधारलाई अगाडि बढाउनु आवश्यक रहेको बताए । उनले चन्द्रपुर र आसपासका बस्तीमा कच्ची सडक पक्कीकरण, स्वास्थ्य केन्द्र सुदृढीकरण, किसानका लागि सहज बजार पहुँच लगायतका योजनाहरू निर्वाचनपछि प्राथमिकतामा रहने बताए ।
भूमिहीन र विपन्नका मुद्दा उठान
स्थानीय भूमिहीन परिवार सँग भेटघाट गर्दै साहले भूमिमा अधिकार नपाएको समस्यालाई “दीर्घकालीन सामाजिक न्यायको मुद्दा” भन्दै यसलाई व्यवस्थित समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नक्शांकन, कित्ताकाट, सुरक्षित बासस्थान तथा आवश्यक कानुनी प्रक्रियालाई अघि बढाएर भूमिहीनको समस्या टुंग्याइने बताए ।
सूर्य चिन्हमा मतदानको आग्रह
घरदैलो एवं भेटघाटका क्रममा साहले आफ्ना कुरा राख्दै नेकपा एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।