बनारसमा साँस्कृतिक कार्यक्रम

   १२ पुष २०७८, सोमबार १४:०८  

नई दिल्ली, १२ पुस । वीपी कोइराला इन्डिया नेपाल फाउन्डेशन नयाँ दिल्लीको सहयोगमा नेपाल–भारतबीचको सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
नेपाल भारत विचको सम्बन्धलाइ झन् बलियो बनाउन एवं उक्त सम्बन्धलाई उजागर तथा थप सुदृढ बनाउने उद्देश्यबाट बनारसमा दुई देश बीचको सांस्कृतिक आदान प्रदान कार्यक्रम गरिएको हो ।
बीपी कोइराला इन्डिया नेपाल फाउन्डेसन नयाँ दिल्लीको सहयोगमा कार्यक्रममा नेपालका तर्फबाट देउडा, तामाङ, मारुनी शैलीका नृत्य, गायन प्रस्तुत गरिएका थिए भने । भारतका कलाकारहरुले भरत नाट्यम, कत्थक लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुति गरेको थियो । नेपाली सांस्कृतिक टोलीको नेतृत्व उमेश शाहीले तथा भारतीय पक्षको नेतृत्व कत्थक नृत्यकार शिव आनन्दले गरेका थिए ।
कार्यक्रममा दिल्ली स्थित नेपाली दूतावासका अधिकारीहरु सहित बनारसका विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिति थियो । कार्यक्रम संयोजन गरेकी पत्रकार तथा सामाजिक कार्यकर्ता रुची सिंहले यस कार्यक्रमबाट दुई देशका नागरिक बीच संस्कृति आदान प्रदानमा मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै