सिमानाका खोल्नु पनेै माग राख्दै गौर भन्सारमा धर्ना प्रदर्शन

892 Shares

रौतहट, ३ कार्तिक । विगत साढे आठ महिना देखि भारत संगको सिमानाका बन्द रहदा आम नागरिकलाई भईरहेको पिडा मर्कालाई मध्य नजर राख्दै आवागमन सहज बनाउनका निमित्त गौर भन्सार कार्यालय अगाडी बुधवार पनि धर्ना प्रर्दशन जारी राखेका छन् ।
विश्व व्यापी कोभिड १९ को संक्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ विगत चैत ११ गते देखि बन्द रहेको सिमानाका खोलाउन नागरिक समाजको अगुवाईमा गत साता देखि सिमानाका गौरमा धर्ना प्रदर्शन हुदै आएको छ सोही क्रममा आज पनि विभिन्न नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु धर्ना प्रदर्शनमा बसेका हुन् । रौतहट जिल्लाको मुख्य नाका गौर भन्सार भएर विगतमा झै निर्वाध रुपमा आवागमनलाई सहज बनाउन सिमा नाका सूचारु गर्नु पर्ने माँग राख्दै नेपाली काँग्रेसका जिल्ला सभापती कृष्णप्रसाद यादवले वर्तमान ओली सरकार मधेशका जनताहरुको भावनालाई कुठाराघात गरिरहेको आरोप लगाए । कोरोनाको प्रकोप विस्तारै मधेशका जिल्लाहरुमा कम हुँदै गएको भएपनि कोभिडको वहानामा यहाँका जनताहरुलाई दुख दिने काम मात्रै वर्तमान सरकारले गरेको लाञ्छना लगाए ।
चरम सिमामा बढेको महगाईलाई नियन्त्रण गर्नुका साटो सिमानाका थुनेर जनताहरुलाई असहज पार्ने षड्यन्त्रको शिकार प्रदेश नम्वर २ का जनताहरु भएको छ । “नेपाल भारतको जनता विच सदियौं देखि कायम रहेको बेटी रोटीको सम्बन्धलाई प्रभावित पारेर यहाँको धर्म संस्कृति संग खेलवाड वर्तमान ओली सरकारद्धारा गरिएको समेत उनले आरोप लगाए ।”
जनता समाजवादी पार्टीका साँसद बाबुलाल साहले कोभिडको बहानामा सिमा बन्द गरेर मेची देखि महाकालीको जनता माथि संघिय सरकार अन्याय गरेको छ, कोभिडको बहानामा राजनितिक रोटी सेक्ने बाहेक अरु कुनै बहाना नरहदा सिमा नाकालाई ठप्प पारेर बेटी रोटीको सम्बन्धलाई धुमिल पार्ने षड्यन्त्र गरेकोमा आरोप लगाए । यदी यस्तै रहयो भने मधेशका आक्रोशित जनताहरु आफै सिमानाकामा लगाइएको ढाँटहरु भत्काएर आफै बाटो खोज्न सक्ने मनस्थितिमा पुगिसकेको बताए ।
बडा दशै, तिहार तथा लोक आस्थाको पर्वको समयमा बजार नियन्त्रण गर्न नसकिने सरकार सिमानाका बन्द गर्दा अनाहकमा जनताहरु ठगिन बाध्य रहेको नागरिक समाजको अध्यक्ष जगन्नाथ प्रसाद केसरीले अबिलम्ब सिमा नाका नखोलिए मधेशमा सरकार विरुद्ध चर्को आन्दोलनको सुरुआत हुने चेतावनी दिए ।
बन्द रहेको नाका खुलाउन धर्ना कार्यक्रममा गढीमाई नपाको मेयर श्यामप्रसाद यादव, पुर्व साँसद तथा नेपाली काँग्रेसका युवा नेता सुनिलकुमार यादव सहित विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले पनि आवाज उठाइ रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार