जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत ९० जना वृद्धलाई सम्मानित

   १२ पुष २०७८, सोमबार १७:३६  

तराई टप
रौतहट, १२ पुस । सम्मान तथा बढ्न लागेको चिसो मौसममा नगर भित्र रहेका जेष्ठ नागरिकहरुलाई सुरक्षित राख्ने उद्देश्यबाट गौर नगरपालिकाको कार्यालयले सोमवार देखि “जेष्ठ नागरिक सम्मान अभियान” कार्यक्रमको थालनी गरेको छ ।
चिसोको मौसममा घरमा रहेका वृद्धवृद्धाहरुलाई सम्मानपूर्वक बाँच्ने नैसगिक अधिकार हो, जिवनको उत्तरार्धमा जेष्ठ नागरिकहरुलाई उच्च मनोबलको साथ जिवन यापन गर्ने अभिप्राय तथा स्थानीय सरकारको दायित्वलाई सम्झिदै गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ताले “जेष्ठ नागरिक सम्मान अभियान” को गौर नपा वडा नम्वर ८ देखि थालनी गरेको बताए ।
मेयर गुप्ताले गाउँ गाउँमा सिंहदरवारको आएको अनुभुती को साथै स्थानीय तह प्रतिको जवाफदेहिता बढाउनका निमित्त जेष्ठ नागरिकहरुलाई सम्मान गरी समाजमा सम्मानपूर्वक बाँच्ने अधिकार रहेको हुँदा उनीहरुको मनोवललाई उच्च बनाउनुको साथै चिसो याममा जाडो छल्ने आवश्यक सामग्री उपलब्ध गराउन पाउदा निकै खुशी लागेको छ ।
वृद्धवृद्धाहरु सुरक्षित रहेमा समाज सुरक्षित रहनेछ, उनीहरु अहिलेका परिवेशमा पनि अगाडी बढ्न एवं सम्मानित भएर समाजमा बाँच्ने मौका पाएमा उहाँहरुको आयु समेत बढ्ने भएको हुँदा नगरपालिकाबाट नयाँ कार्यक्रम बनाएर “जेष्ठ नागरिक सम्मान अभियान” थालनी गरेको स्पष्ट पारे ।
गौर नपा ८ पुरेनवामा रहेका ९० जना जेष्ठ नागरिकलाई जनही ब्लैकेट एक थान, सल एक थान, च्यवनप्रास र एकथान टर्च लाई दिईएको गौर नगरपालिकाको कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै