रौतहट उद्योग वाणिज्यमा विवाद चुलिदैः अध्यक्ष गोपालीविरुद्ध बहुमत पदाधिकारीहरुद्वारा ७ दिने स्पष्टिकरण पेश गर्न अल्मिेटम

0 Shares
रौतहट, ५ फागुन । रौतहट उद्योग वाणिज्य संघ भित्र गम्भीर विवाद चुलिएको छ ।
विधान विपरित कार्य गरेकोमा संघका अध्यक्ष रबीन्द्रनाथ गोपाली विरुद्ध कार्यसमितिको बहुमतले ७ दिने स्पष्टिकरण माग गर्दै औपचारिक कदम चालेको हो ।
महासचिव सहित १२ जना पदाधिकारीहरुद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा अध्यक्ष गोपालीले फागुन १ गते आफ्नो सामाजिक सञ्जाल मार्फत प्रथम उपाध्यक्ष विपेन्द्रकुमार झा, महासचिव सन्तोष केसरी र सचिव रमेश कुमारको सदस्यता खारेज गरिएको सूचना सार्वजनिक गरेका थिए । उक्त कदम संघको विधान २०५९ को दफा २४ (५) र २४ (१९) उल्लेख गर्दै सार्वजनिक गरिएको थियो ।
तर बहुमत कार्य समितिका पदाधिकारीहरूले अध्यक्ष गोपालीको उक्त निर्णयलाई विधान विपरीत र एकलौटी कदम भन्दै आपत्ति जनाएका छन् । उनीहरूले दफा २४ (५) अनुसार “संघ वा व्यापारीको अहित हुने कार्य” गरेको प्रमाण भए कार्यसमितिको बैठकमा पेश गर्न चुनौती दिए ।
साथै दफा २४ (११) मा कुनै पनि निर्णय बहुमतबाट हुनुपर्ने स्पष्ट व्यवस्था रहेकोमा अध्यक्ष गोपालीले एकल रूपमा संघलाई कब्जा गर्न मनसायबाट ओतप्रोत भई यस प्रकारको निर्णय गर्नु गैरकानुनी र अलोकतान्त्रिक भएको कार्य समितिको ठहर छ ।
१८ सदस्यीय कार्यसमिति मध्ये १२ जनाको हस्ताक्षरसहित जारी विज्ञप्तिमा अध्यक्ष गोपालीलाई ७ दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण पेश गर्न चुनौती दिइएको छ । अन्यथा कार्यसमितिको बैठकबाट थप कडा र ठोस निर्णय लिइने चेतावनी दिएको जारी विज्ञप्तीमा उल्लेख गरएका छन् ।
महासचिव केसरीले संघको विधानमा सदस्यता खारेजीका लागि ११ वटा स्पष्ट बुँदा उल्लेख रहेकोमा प्रक्रिया मिचेर गरिएको कार्यप्रति पदाधिकारीहरू एकजुट भएको बताए ।
संघभित्रको यस प्रकारको विवादले स्थानीय व्यवसायिक क्षेत्रमै तरंग सृजना गरेको छ । अब अध्यक्ष गोपालीको जवाफ र कार्यसमितिको आगामी निर्णयले संघको भविष्य कता मोडिने भन्ने चासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।