जनकपुरधाम, ५ फागुन । नेपाली कांग्रेसले मधेश प्रदेशस्तरीय विशाल सभामा एक लाखभन्दा बढी समर्थक उतार्ने दाबी गरेको छ ।
मधेश प्रदेश राजधानी जनकपुरमा प्रदेश कार्यसमितिद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत एक लाख भन्दा बढि समर्थक उतार्न सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
प्रदेश सभापति एवं मुख्यमन्त्री कृष्णप्रसाद यादवले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका सभापति गगनकुमार थापाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताए । उनले मधेशका ८ वटै जिल्लाबाट व्यापक सहभागिता सुनिश्चित गरिने बताए ।
‘हामीले प्रत्येक जिल्लामा संगठनात्मक संरचना सक्रिय पारेर कम्तीमा एक लाख जनसहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेका छौं,’ यादवले भने, ‘यो सभा मधेशमा कांग्रेसको शक्ति प्रदर्शन मात्र होइन, आगामी निर्वाचनको आधार तयार गर्ने ऐतिहासिक कार्यक्रम क्षण हुनेछ ।’
बुधबार जनकपुरधाम स्थित तिरुहुतिया गाछीमा आयोजना हुने विशेष समारोह बीच पार्टीले आफ्नो प्रतीज्ञा–पत्र सार्वजनिक गर्ने जनाए । उक्त दस्तावेजमा मधेशको विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सुधार, पूर्वाधार विस्तार र सुशासनलाई प्रमुख प्राथमिकतामा राखिएको यादवले स्पष्ट पारे ।
प्रदेशमा पार्टीभित्र कुनै बागी उम्मेदवार नरहेको दाबी गर्दै उनले कांग्रेस एकताबद्ध र सुदृढ अवस्थामा चुनावी मैदानमा उत्रिएको बताए ।
‘हामी एकढिक्का भएर चुनावमा होमिएका छौ । पार्टीभित्र असन्तुष्टि वा बागी उम्मेदवारीको अवस्था छैन,’ उनले जोड दिए ।
नेपाली कांग्रेसका नेताहरूले मधेश प्रदेशमा जनाधार सुदृढ बनाउँदै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन