घोषणा मै सिमित भयो मोडर्नाको खोप, सिरिंचको अभावमा खोप अभियान प्रभावित

   १२ पुष २०७८, सोमबार १७:३७  

तराई टप
रौतहट, १२ पुस । नेपाल सरकारले गरेको घाषणा अनुरुप पुस ४ गते देखि प्रदेश २ को पाँच जिल्ला सहित ५७ जिल्लाका १२ देखि १७ बर्ष उमेरका किशोरकिशोरीहरुलाई कोरोना विरुद्धको मोडर्नाको खोप अभियान संचालन गर्ने भनिएपनि त्यस अनुरुपको कार्यक्रम संचालन हुन सकेको छैनन् ।
कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलन लागेपछि नेपाल सरकारले प्रदेश २ को पाँच जिल्ला सहित ५७ जिल्लामा रहने १२ देखि १७ बर्ष उमेर समुहका किशोरकिशोरीलाई मोडर्नाको खोप पुस ४–१४ गते सम्म अभियान संचालन गर्ने घोषणा कागजमै सिमित रहेको पाइएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. संगिता मिश्रले ५७ जिल्लामा रहेका उक्त उमेरका किशोरकिशारीहरुलाई मोडर्नाका खोप अभियान संचालन गर्ने बताएका थिए तर भनिए अनुरुपको खोप संचालन हुन नपाउदा रौतहट सहित अन्य जिल्लाहरुमा अन्यौल उत्पन्न भएको बताइएको छ ।
प्रदेश २ को सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लाका १२ बर्ष देखि १७ बर्ष उम्मेर सम्मकाहरुलाई खोप लगाउने अभियान घोषणामा नै सिमित भएको आरोप लागेका छन् ।
पुस १५ देखि मोडर्नाको खोप संचालन हुने
यसै बिषयमा जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख दिपेन्द्र रायले प्रदेश सरकार र संघिय सरकारले के भनेको छ त्यो हाम्रो लेभलको कुरा होइन, आज विहान बल्ल खोप आएको छ, कुन खोप हो त्यो समेत थाहा छैनन् । आउदो पुस १५ देखि १७ गते सम्म जिल्लाभरीमा खोप अभियान संचालन गरिने बताए ।
कोभिड १९ नियन्त्रण एवं समन्वय समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले मोडर्नाको खोप निर्धारित समयमै आइसकेको भएपनि सिरिंचको अभावमा खोप अभियान संचालन हुन नसकेको स्पष्ट पारे । सोमवार कोभिड नियन्यन्त्र समन्वय समितिको बैठकबाट आउन लागेको १५ गते देखि निर्धारण गरिएको खोप केन्द्रमा गएर १२–१७ बर्ष उमेर समुहका किशोरकिशारीहरुलाई खोप लगाउने अभियान संचालन हुने छ । सबै अभिभावकहरु आ आफना उमेर पुगेका किशोर किशोरीहरुलाई अनिवार्य रुपमा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै