“सर्लाही–४ मा गगन थापाको चुनावी अभियानः गोडैता केन्द्रित घरदैलो र प्रतिज्ञा पत्रको सन्देश”

0 Shares
सर्लाही, ८ फागुन । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा शुक्रवार देखि आफनो निर्वाचन क्षेत्र सर्लाही–४ मा पुनः सक्रिय भई मतदातहरुको घर दैलोमा पुगेर भेटघाट सुरु गरेका छन् ।
थापा उम्मेदवार रहेको क्षेत्रमा जनसम्पर्क अभियानलाई तीव्र बनाउदै गोडैता नगरपालिकाका विभिन्न गाउँमा दिनभर घरदैलो तथा अन्तरक्रिया गर्ने कार्यक्रममा व्यस्त रहेका हुन् ।
मधेश प्रदेश उपसभापति एवं प्रदेश सभा सदस्य विरेन्द्रप्रसाद सिंहले दिएको जानकारी अनुसार थापा स्थानीय मुद्दा, विकास योजना र रोजगारीका विषयमा प्रत्यक्ष संवाद गर्दै मतदाताको सुझाव संकलन गर्दै अघि बढिरहेको छ ।
थापा यसअघि दुईपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेर घरदैलो र भेटघाट गरिसकेको समेत उनले बताए । गत फागुन ६ गते जनकपुर मा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गरी साँझ काठमाडौं फर्किएका उनी विहीबार काठमाडौंमा पार्टीले सार्वजनिक गरेको प्रतिज्ञा पत्रबारे आयोजित प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका थिए ।
सर्लाही–४ लाई रणनीतिक क्षेत्रका रूपमा लिएर कांग्रेसले संगठन सुदृढीकरण र मतदाता संवादलाई प्राथमिकता दिएको प्रदेका उपसभापति सिंहले जानकारी दिए । आगामी निर्वाचनको तयारी स्वरूप थापाको सक्रियता बढ्दै जाँदा जनमानसमा उत्साह थपिदै गएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार लगातार क्षेत्रीय उपस्थिति र प्रत्यक्ष संवादले स्थानीय मतदातामा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।