गौरमा साम्प्रदायिक तनाव चर्कियोः अवस्था नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनद्वारा कफ्र्यू आदेश जारी

0 Shares
रौतहट, ९ फागुन । रौतहट सदरमुकाम गौरमा दुई समुदायबीच पुनः शनिवार विहान देखि भडकीएको साम्प्रदायिक तनाव नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले दिउसो १ बजे बाट अनिश्चितकालिन कफ्र्यू आदेश जारी गरेको छ ।
गौर नगरपालिका–६ सपगडा गाउँमा विवाहको बाजा बजाउँदै गइरहेको जन्तीलाई फरक समुदायका केही व्यक्तिले अवरोध गरेपछि सामान्य विवादबाट सुरु भएको झडप साम्य भई शान्ति सदभाव कायम गर्ने सहमती भएपनि पुनः आज विहान देखि साम्प्रदायिक तनाव चर्किएर अवस्था नियन्त्रण बाहिर गएपछि बाध्य भएर स्थानीय प्रशासनले कफ्र्यू आदेश जारी गरेको हो ।
स्थिति थप बिग्रन नदिन प्रशासनले बाक्लो सुरक्षाकर्मी परिचालन गरी प्रभावित क्षेत्रमा पूर्ण रूपमा आवतजावत बन्द गरेको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालद्वारा हस्ताक्षरित विज्ञप्तीमा पूर्वमा मुडबलवा गेट पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय सम्म आज दिउसो १ बजे देखि अर्को आदेश नहुनजेल सम्म कफ्र्यू जारी भएको हुँदा उक्त क्षेत्र भित्र कुनै प्रकारको सभा जुलुश, भेला प्रदर्शन र आवतजावत गर्न नसक्ने जारी आदेशमा उल्लेख गरिएको छ ।
आज विहान झड्प हुँदा केही सवारी साधन, हिन्दु मन्दिर र मुस्लिमको मस्जिदहरुमा तोडफोड भएपछि जनधनको क्षति हुन नदिन स्थानीय प्रशासनद्वारा बाध्यत्मक रुपमा कफ्र्यू लगाउनु परेको श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।