गौरमा साम्प्रदायिक तनाव भड्काउने कार्यमा संलग्न वर्तमान र पूर्व वडा अध्यक्ष सहित २३ जना नियन्त्रणमा

0 Shares
रौतहट, १० फागुन । रौतहटको गौर नगरपालिकामा विहिवार राति बाजा बजाउदै गइरहेका जन्ती माथि भएको आक्रमणलाई लिएर दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनाव नियन्त्रणमा लिन प्रहरीले वर्तमान र निवर्तमान वडाध्यक्षसहित २३ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार विहिवार राति पौने १० बजेको समयमा मस्जिदको बाटो भएर जन्ती गइरहदा बाजाको विषयलाई लिएर सुरु भएको तनावका कारण तीन दिन देखि सदरमुकाम गौर तनावग्रस्त बन्न पुगेको हो ।
तनावलाई समाप्त पारेर शान्ति सुरक्षा बहाल गराउनमा बाधक बनेका गौर–६ सबगढाका वडाध्यक्ष अवधबिहारी साह, पूर्व वडा अध्यक्ष शेख जमशैद सहित २३ जनालाई रौतहट प्रहरीलनियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइएको रौतहट प्रहरीका प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।
पक्राउ परेकाहरु संग सुक्ष्म सोधपुछ एवं अनुसन्धान कार्य भईरहेको तथा मुख्य पात्रहरुको केही अडियो क्लिपहरु आएको तथा उनीहरुको मोवाइलको समेत अनुसनधान भईरहेको जानकारी दिदै एसपी रिजालले दोषि पाइएमा प्रचलित ऐन कानुन बमोजिम कानुनी कारवाही अगाडी बढाउने चेतावनी समेत दिए ।
स्थिति तनावपूर्ण बनेपछि प्रशासनले शनिबार दिउँसो १ बजेदेखि जारी गरेको कफ्र्यु आदेश अझै कायमै राखेको छ । संवेदनशील अवस्थालाई मध्यनजर गर्दै गौर नगरक्षेत्रमा पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोलीले सुरक्षा घेरा कडा बनाएको तथा स्थिति हाम्रो नियन्त्रणमा आईसकेको प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसालले जानकारी दिए ।
सर्वसाधारणहरुलाई अफवाहमा नलाग्न र शान्ति सुरक्षा बहाल गर्नमा स्थानीय प्रशासनलाई सहयोग गर्न अपिल जारी गर्दै प्रजिअ भुसालले सदभावमा खलल पुर्याएर अशान्ति मचाउनेहरुको पहिचान भईसकेको हुँदा तिनीहरुलाई नियन्त्रणमा लिएर कानुनी कारवाही अघि बढाउने तथा भोली विहान साढे ७ बजे सबगढामा सर्वपक्षिय सदभाव रयाली निकालिने उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।