‘AI Impact Summit 2026’—विश्वका राष्ट्राध्यक्षहरु एकै मञ्चमा, मानव–केन्द्रित AI का लागि भारतको ऐतिहासिक कदम

0 Shares
नयाँ दिल्ली, १० फागुन । नविन एतिहासिक एवं निर्णायक क्षणका लागि विश्वका विकसित मुलुकहरु नयाँ दिल्लीमा भेला भएका छन् ।
एआई इम्प्याक्ट समिट २०२६ मा एक सय भन्दा बढी देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, प्रतिनिधि तथा अग्रणी नवप्रवर्तकहरूको सहभागितामा सम्मेलनलाई विश्वकै सबैभन्दा ठूलो र खुला एआई शिखर सम्मेलनका रूपमा स्थापित गरिदिएका हुन् ।
सम्मेलनमा अत्याधुनिक एआई उत्पादन र सेवाहरुको प्रदर्शन गरियो । प्रदर्शनी हलहरूमा हजारौं युवाहरूको उत्साह, जिज्ञासा र सम्भावनाको चाहनाले कार्यक्रमलाई झन् ऊर्जावान बनायो । भारतले यसलाई आफ्नो विकास यात्राको महत्वपूर्ण मोडको रूपमा चित्रित गर्दै एआई नवप्रवर्तनलाई जनआन्दोलनको रूपमा अघि बढाउने सन्देश दिए ।
एआई लाई केवल मेसिन–केन्द्रित नभई मानव–केन्द्रित बनाउनु पर्नेमा जोड दिँदै ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को सिद्धान्तलाई विश्वव्यापी रुपमा एआई बहसको केन्द्रमा राखिएको छ । प्रविधि मानिसको सेवा गर्नुपर्ने स्पष्ट धारणा प्रस्तुत गर्दै डिजिटल सार्वजनिक पूर्वाधार, युपिआई मार्फत डिजिटल भुक्तानी र कोभिड खोप अभियान जस्ता उदाहरणहरू प्रस्तुत गरिएका थिए ।
कृषि, सुरक्षा, अपाँगमैत्री सहायता तथा बहुभाषिक सेवाजस्ता क्षेत्रमा भारतीय नवप्रवर्तनले उल्लेखनीय उपलब्धि हासिल गरिरहेको दाबी गरिएको छ । विशेषगरी अमुलद्वारा सुरु गरिएको एआई–संचालित डिजिटल सहायक ‘सरला बेन’ ले ३६ लाख भन्दा बढी दुग्ध किसानलाई आफ्नै भाषामा गाईवस्तुको स्वास्थ्य र उत्पादकत्व बारे प्रत्यक्ष मार्गदर्शन प्रदान गरिरहेको जानकारी दिइयो ।
यसैगरी ‘भिजिटर’ नामक एआई प्लेटफर्मले किसानलाई मौसम देखि लिएर बजार मूल्यसम्म बहुभाषिक सूचना उपलब्ध गराइरहेको जानकारी गराइयो ।
विश्वासलाई एआई को भविष्यका आधारस्तम्भ मान्दै, डीपफेक र गलत सूचनाको जोखिम विरुद्ध साझा मापदण्ड र स्रोत प्रमाणीकरणको आवश्यकतालाई औंल्याइएको छ । भारतले कृत्रिम रूपमा उत्पन्न सामग्रीको स्पष्ट लेबलिङ अनिवार्य बनाउँदै यस दिशामा कानुनी कदम चालिसकेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी भएको  विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मानव–केन्द्रित एआई शासनका लागि भारतले ‘मानव’ रूपरेखा प्रस्ताव गरेका छन् ।
M – Moral & Ethical Systems (नैतिक प्रणाली)
A – Accountable Governance (जवाफदेही शासन)
N – National Sovereignty (राष्ट्रिय सार्वभौमसत्ता)
A – Accessible & Inclusive (पहुँचयोग्य र समावेशी)
V – Valid & Legitimate (मान्य र वैध)
२१ औँ शताब्दीमा मानवीय मूल्यमा आधारित एआई विकासका लागि यो रूपरेखा मार्गदर्शक बन्ने विश्वास व्यक्त गरिएको छ ।
भारतले एआई पूर्वाधारलाई सुदृढ बनाउन हजारौं जीपीयु तैनाथ गरेको, राष्ट्रिय एआई रिपोजिटरी स्थापना गरेको र स्टार्टअप देखि सेमिकन्डक्टर सम्म पूर्ण श्रृंखलामा लगानी बढाएको जानकारी पनि साझा गरिएको छ ।
विश्वकै सबैभन्दा ठूलो युवा जनसंख्या र प्रविधिप्रति प्रतिभा सम्पन्न ऊर्जा भएको देशका रूपमा भारत एआई युगको नेतृत्व गर्न तयार रहेको सन्देश एआई शिखर सम्मेलनले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।