शान्ति सदभाव कायम राख्न गौरमा शान्तिको सन्देशः तनावग्रस्त क्षेत्र सबगढामा नागरिक समाज अगुवाईमा सद्भाव रयाली

0 Shares
रौतहट, ११ फागुन । मस्जिद छेउ भएर बाजा बजाउदै जन्ती जादै गरेको बिषयलाई लिएर गत विहिवार राति देखि तनावग्रस्त बनेको गौर क्षेत्र अन्ततः शान्तितर्फ उन्मुख भएको छ ।
गौर नगरपालिका–६ सबगढामा नागरिक समाजको अगुवाइमा हिन्दु, मुस्लिम, स्थानीय प्रशासन र राजनीतिक दलका व्यक्तिहरु सहित स्थानीय नागरिकहरु उल्लेख संख्यामा उपस्थित भई शान्ति सद्भाव रयालीमा सहभागी भएर आपसी भाईचारा एवं सदभाव कायम राख्न सन्देश दिएको हो ।
सबगढाको मुख्य सडकबाट सुरु भएको रयालीले प्रभावित गाउँ परिक्रमा गर्दै शान्ति, एकता र सहअस्तित्वको सन्देश दिएको छ ।
दुई समुदाय बीचको विवाद चर्किएपछि उत्पन्न अवस्था नियन्त्रणमा लिन प्रशासनले शनिवार दिउसो १ बजे देखि कर्फयु जारी गरेको थियो । तर स्थिति सामान्यतर्फ उन्मुख भएसँगै जिल्ला प्रशासन कार्यालय रौतहटले सोमवार बिहान ६ बजे देखि १० बजे सम्म कर्फयुमा खुकुलो बनाइएको भएपनि १० बजे पछिको अवस्था माथि छलफल गरेपछि मात्रै कर्फयु हटाउने वा राखिराख्ने निर्णय हुने सुरक्षा श्रोतबाट बुझिएको छ ।
स्थानीय अगुवाहरूले अब कुनै पनि प्रकारको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबैलाई अपिल गरे । केही दिनको अशान्तिपछि निकालिएको यो रयालीले गौरमा पुनः विश्वास र भाइचाराको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको अगुवाईमा निस्किएका शान्ति सदभाव रयालीमा प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, राजनीतिक दलका नेताहरु, हिन्दु र मुस्लिम पक्षका अगुवाहरु, संचारकर्मीहरु, सुरक्षाकर्मीहरु र स्थानीय बासिन्दाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।