जमशैद र विहारी सहित तिन जना जिम्मा जमानीमा, २२ जना विरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दायर

0 Shares
रौतहट, ११ फागुन । गौर नगरपालिकाको सबगढामा साम्प्रदायिक दंगा भडकाउने २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेका छन् ।
गौर नपा–६ का वडाध्यक्ष अबधविहारी साह र पूर्व वडाध्यक्ष एवं जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदलाई जिम्मा जमानीमा आवश्यक परेको बखतमा उपस्थिति गराउने शर्तमा रिहा गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले दिएको जानकारी अनुसार गएको शनिवार सबगढा घटनालाई चर्काएर तोडफोड गर्ने शुभनारायण साह र समिर मियाँलाई थप पक्राउ गरिएको छ ।
दुई जना गरी २२ जना विरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको बताउदै जिम्मा जमानीमा छुटेका विहारी र जमशैद सहितका तिन जना व्यक्तिको मोवाइल प्रहरी नियन्त्रणमा राखिएको बताए ।
उनीहरुको मोवाइल परिक्षणको लागि काठमाडौ पठाउने र दोषि ठहर हुने खालको प्रमाणहरु फेला परेमा यसै कसुर अनुसार नियन्त्रणमा ल्याएर कारवाही गरिने समेत डिएसपी बस्यालले जानकारी दिए ।
सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको जानकारी दिएको छ । प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।
मुद्दा चलेकाहरुको नाम यश प्रकारका छन् ।
शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, बिनोद कुमार साह, शेख रहम्तुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, बिनोद कुमार साह, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहम्मद राजा, सर्फुदिन अंसारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर,बिहान साह, महम्मद कैफ रहेको डिएसपी वस्यालले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।