रौतहट–३ मा दल परिवर्तनको आँधीः आजपा, कांग्रेस र समाजवादीका दर्जनौं नेता एवं कार्यकर्ताहरु एमालेमा समाहित

0 Shares
रौतहट, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट–३ को राजनीतिक माहोल एकाएक तातिएको छ ।
चुनावको हुन मात्रै ९ दिन बाँकी रहँदा आम जनता पार्टी (आजपा), नेपाली कांग्रेस र तत्कालिन एकीकृत समाजवादी का दर्जनौँ नेता–कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेको हो ।
देवाही गोनाही नगरपालिका–कर्कच कर्मैया गाउँमा आयोजित विशेष कार्यक्रममा रौतहट–३ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य कुन्दन कुशवाहाको घरदैलो अभियानका क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएको बताइएका छन् । कार्यक्रममा कुशवाहाले नवप्रवेशीलाई टीका र माला लगाएर स्वागत गरे ।
एमाले प्रवेश गर्नेमा आजपाकी केन्द्रीय सदस्य सकीना खातुन प्रमुख रहेकी छिन् । उनीसँगै अफरीदा खातुन, जरीना खातुन, हलीमा खातुन, नसिमा खातुन, सनबून खातुन, सवरा खातुन, खुजन खातुन, सेलुन खातुन, अमीरखा देवी र जालिम खातुनले पनि एमालेमा समाहित भए । उम्मेदवार कुशवाहा निकट दीपक दुबेले यसको पुष्टि गरे ।
त्यसैगरी धरहरी गाउँका तत्कालिन एकीकृत समाजवादीका वडा प्रत्याशी युवा नेता दिपेन्द्र यादव सहित दर्जनौँ सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरे । कटहरिया–३ का नेपाली कांग्रेसका युवा नेता बच्चा लाल यादव सहित कंयौँ नेता–कार्यकर्ताको पनि एमाले प्रवेश गरेको छ ।
उक्त कार्यक्रममा प्रदेश सांसद केशव राय चौधरी, एमालेका नेताहरू रुपेश पटेल, उपेन्द्र साह, शेख एकरामुल हक, देवाही गोनाहीकी उपमेयर परानिया देवी पटेल, फतुवा विजयपुरकी पूर्व उपमेयर कान्ती महतो लगायत दर्जनौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।
निर्वाचनको अन्तिम चरणमा देखिएको यो दल परिवर्तनले रौतहट–३ को प्रतिस्पर्धालाई थप चर्काएको छ । स्थानीय तहमा प्रभाव राख्ने महिला नेतृत्व, युवा कार्यकर्ता र वडास्तरीय संरचना बोकेका व्यक्तिहरूको एकैचोटि एमाले प्रवेशलाई संगठन सुदृढीकरणको संकेतको रूपमा हेरिएको छ ।
एकातिर अन्य दलभित्र देखिएको आन्तरिक असन्तुष्टि र संगठनात्मक कमजोरीको प्रतिफलस्वरूप एमाले तर्फ आकर्षण बढेको विश्लेषण गरिएको छ । अर्कोतर्फ उम्मेदवार कुशवाहाले विकास, सुशासन र स्थिरताको एजेन्डा अघि सार्दै स्थानीय नेटवर्क विस्तार गरेको दाबी एमाले पक्षको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।