तराई टप
विराटनगर, १३ पुस । मोरंग जिल्लाका किसानहरु रासायनिक मल र विऊ सहज रुपमा आपूर्तीको माग गर्दै विराटनगरमा दवावमुलक प्रदर्शन गरेको छ ।
प्रदेश १ को राजधानी मोरंगको विराटनगर महानगरपालिकाको भृकुटी चोकमा किसानहरुको समूह र वडा नम्वर १७ नेकपा एकिकृत समाजवादीका युवाहरुले सहज रुपमा रासायनिक मलखाद्य सहित विऊको आपूर्ती अविलम्ब गराउन भन्दै दवावमुलक प्रदर्शन गरको हो ।
नेकपा एकिकृत समाजवादीका वडा नम्वर १७ का सभापती राजिव शाहको अध्यक्षतामा उक्त प्रदर्शन गरिएका छन् । नेकपा एसका महानगर अध्यक्ष पारुल छेत्रीको प्रमुख आतिथ्यमा किसानहरुको मुद्दालाइ उठान गर्दै प्ले कार्ड देखाएर सांकेतिक रुपमा दवाब दिए । अध्यक्ष शाह सहित जुनु पोखरेल, मो जुनेद, मो भोलु, सन्नी शाह लगायतको सहभागितामा दवावमुलक कार्यक्रम गरिएका छन् ।
कृषकलाई मल बिऊ सहज रुपमा उपलब्ध गराउनुपर्ने, कृषि बिमाको व्यवस्था गर्नुपर्ने, उत्पादनको उचित मुल्यांकन गरिनु पर्ने, लगायतका माग राखिएको थियो । उक्त प्रदर्शनका बेला बहाल वाला कृषि मन्त्री महेन्द्र राय यादब विरुद्ध नाराबाजी गर्दै राजीनामाको समेत माग गरे ।
यसैविच चीनले रोक लगाएको मलखाद्यको आयात हुन नसक्दा नेपाली किसानहरु मारमा परेकोले मलको आपूर्तिको लागि नेपाल सरकारले भारत संग समन्वय गरी मलखाद्य आयात गरेर किसानहरुलाई राहत प्रदान गर्न समेत माग युवाहरुले राखेका थिए ।
अहिलेको समयमा युवाहरु कृषितर्फ आकर्षित भएपनि समयमा मल, बिऊ नपाउने, कुनै प्रकारको क्षतिपुर्तीको व्यवस्थापन नभएको हुँदा युवाहरुलाई समस्या खेप्द आएको छ ।
युवाहरुले अविलम्ब उक्त समस्याहरुको समाधान सहित व्यवस्थापन गर्न संघिय सरकार प्रादेशिक सरकार संग जोडदार रुपमा माग गरे ।