रौतहट, १५ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नं. ३ मा राजनीतिक समीकरण नाटकीय रूपमा फेरिएको छ ।
मतदान हुन अब मात्र ६ दिन बाँकी रहँदा विभिन्न दलका १७५ जना प्रभावशाली नेता–कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेको हो ।
शुक्रबार कटहरिया नगरपालिका–बहादुरपुर गाउँमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रौतहट–३ का प्रतिनिधिसभा उम्मेदवार कुन्दन कुशवाहाको घरदैलो अभियानकै क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएको बताइएको छ ।
एमाले प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य रामेश्वर यादव, महिला वडा सदस्यका श्रीमान् रामचन्द्र सरभंग लगायत स्थानीय तहमा प्रत्यक्ष प्रभाव राख्ने व्यक्तिहरू रहेका छन् ।
उनीहरूसँगै शंकर साह, नागेन्द्र बैठा, गगनदेव यादव, ननुलाल यादव, रामाधार यादव, रामबाबु यादव, धर्मेन्द्र यादव, कमलेश यादव, भैरो यादव, टईट यादव, बचेलाल यादव, शिवबालक यादव, बदन यादव, कासी साह, दशरथ यादव, लक्ष्मी यादव, जित्न यादव, पन्नालाल पण्डित, राजु पण्डित, छविलाल पण्डित, जोखन पण्डित, रामशंकर साह, हरिशंकर दास, नन्दकिशोर दास, अर्जुन दास, सुरेन्द्र यादव, रामेश्वर साह, सुरेन्द्र साह, जयमाङल साह, रामाविश्वास बैठा, जयकिशोर बैठा, रामाप्रवेस बैठा, नन्दलाल बैठा, धाताल साह, जमाजुदिन मियालगायत १७५ जना एमालेमा प्रवेश गरेको नवप्रवेशी वडा सदस्य रामेश्वर यादवले जानकारी दिए ।
निर्वाचनको अन्तिम चरणमा देखिएको यो ठूलो दल परिवर्तनलाई सामान्य घटना मान्न नसकिने राजनीतिक वृत्तमा चर्चा छ । वडा तहको संगठन सम्हालेका जनप्रतिनिधि, महिला नेतृत्वसँग जोडिएका व्यक्तित्व, युवा कार्यकर्ता र वडास्तरीय संरचना बोकेका व्यक्तिहरूको एकैपटक एमाले प्रवेशले रौतहट–३ मा शक्ति सन्तुलन एमालेतर्फ झुकेको संकेत दिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार अन्य दलभित्र देखिएको आन्तरिक असन्तुष्टि, उम्मेदवार चयनप्रति असहमति र कमजोर संगठनात्मक व्यवस्थापनका कारण कार्यकर्ता आधार खस्किँदै गएको देखिन्छ । त्यसको प्रतिफलस्वरूप विकास, सुशासन र स्थिरताको एजेन्डा बोकेर मैदानमा उत्रिएका कुशवाहातर्फ जनआकर्षण बढेको आकलन गरिएको छ ।
घरदैलो अभियानमार्फत कुशवाहाले स्थानीय आवश्यकता, पूर्वाधार विकास, रोजगारी सिर्जना र सुशासनलाई प्राथमिकतामा राख्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। निर्वाचनको संघारमै भएको यो व्यापक दल परिवर्तनले रौतहट–३ को प्रतिस्पर्धालाई मात्र होइन, अन्तिम नतिजालाई समेत निर्णायक रूपमा प्रभावित गर्न सक्ने विश्लेषण गरिएको छ ।