धनुषामा प्रेम सम्बन्धको विवादले लियो ज्यानः २४ घण्टाभित्रै हत्यामा संलग्न तीन जना आरोपी पक्राउ

0 Shares
धनुषा, १६ फागुन । धनुषा जिल्लामा प्रेम सम्बन्धको कारण युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको २४ घन्टा नबित्दै तिन जना आरोपितलाई प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले औरही गाउँपालिका–६ चक्कर स्थित खेतमा फेला परेको युवकको हत्या प्रकरणमा संलग्न तीन जनालाई घटना सार्वजनिक भएको २४ घण्टा नबित्दै पक्राउ गर्न सफल भएका हुन् ।
हिजो शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरले घटनाबारे जानकारी दिँदै प्रेम सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।
उनका अनुसार बुधबार साँझ करिब ६ बजे सुमित सोही पालिका–६ सोनिगामाका बस्ने प्रेमिका काजल मण्डलसँग भेट्न गएका थिए । सोही क्रममा काजलका काका परमेश्वर मण्डल पसल बन्द गरी घर फर्किदै गर्दा  दुवैलाई सँगै बसेको अवस्थामा देखेका थिए ।
त्यसपछि उनले काजलका भाइ दिपेश मण्डललाई बोलाई सुमितलाई कुटपिट गरी नियन्त्रणमा लिएको अनुसन्धानबाट खुलेको बताए ।
प्रहरीका अनुसार आरोपितहरूले सुमितका हात बाँधी खेततर्फ लगेर धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । घटना लुकाउन मृतकले प्रयोग गरेको मोटरसाइकल दिपेशले अन्यत्र लुकाएर राखेको समेत प्रहरीले जनाए ।
घटनामा संलग्न काजल मण्डल, उनका काका परमेश्वर मण्डल र भाइ दिपेश मण्डललाई नियन्त्रणमा लिई घटनामा प्रयोग भएको हतियार समेत बरामद गरिएको तथा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको एसपी कुँवरले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।