‘विदेशीलाई नागरिकता दिने घोषणापत्र राष्ट्रघाती’—प्रभु साहको कडा चेतावनी, दल खारेजीको माग

0 Shares
कलैया, १६ फागुन । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विदेशीलाई नागरिकता दिने प्रावधान घोषणापत्रमा उल्लेख गर्ने दलहरूविरुद्ध कडा आपत्ति जनाए ।
विदेशीलाई नागरिकता दिने प्राबधान घोषणापत्रमा उल्लेख गर्ने दलले तत्काल माफी माग्न र निर्वाचन आयोगद्वारा त्यस्ता दल खारेज गर्नुपर्ने माग गरेका हुन् ।
बाराको सिम्रौनगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आजपाका अध्यक्ष साहले २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै केही दलले ल्याएको घोषणापत्रमा दोहोरो नागरिकताको पक्षमा उभिएको विषय राष्ट्रघाती कदम भएको आरोप लगाए ।
उनले विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्रमा उल्लेख ‘एक पटकको नेपाली, सधैंको नेपाली’ अवधारणालाई लिएर आपत्ति जनाए । रास्वपाले गैरआवासीय नेपालीहरूको भावनात्मक सम्बन्धलाई कदर गर्दै सिद्धान्ततः दोहोरो नागरिकताको पक्षमा उभिने र सम्पत्तिसम्बन्धी प्रशासनिक झन्झट हटाउने उल्लेख गरे ।
त्यस्तै नेपाली कांग्रेस ले पनि ‘नेपाली डायस्पोराः अटुट सम्बन्ध, विस्तारित नेपाल’ शीर्षकमा नागरिकताको निरन्तरता, सम्पत्ति र मतदान अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाए ।
साहले यस्तो प्रावधान राष्ट्रको स्वाधीनता माथि आघात भएको दाबी गर्दै गम्भीर बहस आवश्यक रहेको बताए । “एक पटकको नेपाली सधैंका लागि नेपाली हुन्छ भने एक पटकको अमेरिकी सधैंका लागि अमेरिकी हुन्छ कि हुँदैन?” भन्दै उनले प्रश्न उठाए ।
उनले नेपालको भूमि आदिवासी–जनजातिको भूमि भएको उल्लेख गर्दै जातीय विभाजनको राजनीति नगर्न आग्रह गरे । साथै, अवैध रूपमा नेपाली सम्पत्ति विदेश लैजाने प्रवृत्ति रोक्नुपर्ने, कर प्रणालीमा सुधार गरी भ्रष्टाचार अन्त्य गर्नुपर्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साहले वर्तमान संघीय संरचनामा ७६१ वटा सरकार रहेको उल्लेख गर्दै संघीयताको मूल मर्म कमजोर बनाइएको टिप्पणी गरे । उनले दलतन्त्रको अन्त्य गरी जनतालाई देशको वास्तविक मालिक बनाउने उदघोष पनि गरे ।
नेता साहले ‘मौलापुर विकास मोडेल’ देशव्यापी रूपमा लागू गर्ने घोषणा गर्दै आफू प्रधानमन्त्री भए विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।