रौतहट–१ मा त्रिपक्षीय भिडन्त, कसको लोकप्रियता कति छ भने अब फागुन २१ पछि स्पष्ट हुनेछ ?

0 Shares
रौतहट, १८ फागुन । सोमवार प्रचारको अन्तिम दिन सम्पूर्ण दल आफनो शक्ति झोकेको छ, यसैक्रममा एमाले उम्मेदवार अजयकुमार गुप्ताको पक्षमा जनसमर्थन बढ्दै गएका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार गुप्ताको पक्षमा स्थानीय समर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएका हुन् ।
गुप्ता निरन्तर रुपमा घरदैलो, टोल–भेटघाट र जनसम्पर्क अभियान पछि गुप्ताको चुनावी माहोल बलियो बन्दै गएको समर्थकहरूको भनाइ छ ।
गुप्ता यसअघि गौर नगरपालिका का मेयर समेत भइसकेका नेता हो । उनी रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चौथो पटक मैदानमा छन् । स्थानीय मतदाताहरूले “सहज पहुँचयोग्य र आफ्नै बीचका उम्मेदवार” का रूपमा गुप्तालाई हेरेको बताइन्छ ।
गुप्तासँगै प्रतिस्पर्धामा नेपाली काँग्रेसका अनिलकुमार झा र माधवकुमार नेपाल जस्ता अनुभवी नेताहरू रहेका छन् । २०७९ सालको निर्वाचनमा नेपालसँग ६ हजार ६ सय मतान्तरले पराजित भएका गुप्ता यस पटक भने मजबुत स्थितिमा रहेको उनका समर्थकहरूको दाबी छ ।
यसअघि कांग्रेससँगको गठबन्धनमा विजयी भएका नेता नेपाल यस पटक फरक चुनाव चिह्नबाट प्रतिस्पर्धामा छन् । नेता नेपाल पछिल्ला केही समय देखि पटक पटक चुनाव चिन्ह् फेरिदै यस क्षेत्रमा उम्मेदवारी दिदा जनताहरु समेत अलमलमा परेको देखिन्छ । उनी माथि लागेको आरोप किनारा नभहुँदा जितेर पनि सदन बाहिर बस्नुपर्ने अवस्थामा फैसला यहाँको मतदाताले गर्ने समय आइसकेको राजनीतिक विश्लेशक बताउँछन् ।
यसैगरी लामो समय मधेसवादको राजनीति नेतृत्व गरेका अनिलकुमार झा कांग्रेसका तर्फबाट पउम्मेदवार निकै कडा चुनौती दिइरहेका छन् । उम्मेदवार झाको पक्षमा बढ्दै गएको जनलहरबाट यस क्षेत्रमा निकै कडा प्रतिष्पर्धा हुने देखिन्छ । नेता झापनि घरदैलो अभियानलाई तिव्र बनाउदै आज प्रचार प्रसारको अन्तिम दिन जनताको घरदैलोमा पुग्ने अभियानलाई जारी नै राखेको बताइएको छ ।
निर्वाचन मिति नजिकिँदै जाँदा रौतहट–१ मा त्रिपक्षीय प्रतिस्पर्धा रोचक बन्दै गएको छ । अब मतपेटिकामा खसेको मलबाट कसको लोकप्रियता वास्तविक हो भन्ने मतमा रूपान्तरण गर्छ भन्ने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।