रौतहटका लागि माधवकुमार नेपाल अभिशाप रहेकोः एमाले उम्मेदवार अजयकुमार गुप्ताको भनाई

0 Shares
रौतहट, १८ फागुन । यहाँका जनताहरु पटक पटक जिताएर प्रतिनिधि सभामा पठाएपनि रौतहटका लागि माधवकुमार नेपाल अभिशापको रुपमा रहेको गम्भीर आरोप नेकपा एमाले उम्मेदवार अजयकुमार गुप्ताले लगाए ।
सदरमुकाम गौरको घण्टाघर चोकमा आयोजित कोर्ण सभालाई सम्बोधन गर्दै रौतहट–१ मा एमालेबाट उम्मेदवार बनेका गुप्ताले यहाँका जनताहरु पटक पटक विश्वास गरेर नेपाललाई साँसदमा पुर्याएपनि उनी यहाँका जनता संग धोखाधडी गरी विश्वासलाई खिल्ली उडाउने गर्दा अभिशापको रुपमा सावित भएको उनले गम्भीर आरोप लगाएका हुन् ।
प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रचार प्रसारको आज अन्तिम दिनमा मञ्चबाट गर्जन गर्दै उम्मेदवार गुप्ताले आफू यस क्षेत्रको “ बेटा” रहेको भन्दै जनतासँग हाथ जोडेर जनसमर्थन मागे ।
केही समयदेखि निरन्तर घरदैलो, भेटघाट तथा जनसंपर्क कार्यक्रम सञ्चालन गर्दै आएका उम्मेदवार गुप्ताले आफू यही जन्मिएको र यही सडकमा खेल्दै हुर्केको बताउँदै जनतासँग भावनात्मक सम्बन्ध समेत जोडे । उनले २१ बर्षको उमेर देखि गाउँ क्षेत्रको सेवा र समस्यासँग जोडिएर निरन्तर काम गरेको र आज उनको उमेर ५१ वर्ष पुगेको बताए ।
आफूले तीनपटक संसदीय निर्वाचनमा पराजित भए पनि हिम्मत नछोडेको र निरन्तर रुपमा संघर्ष गरिरहेको विश्वास व्यक्त गरे । उनको दशकौं लामो संघर्ष, सेवा र समर्पणले यसपटक सफलता पाउने आशा जगाएको छ ।
उनले विगतका निर्वाचित सांसदहरुले गाउँको वास्तविक विकासमा ध्यान नदिएको आरोप लगाउँदै बर्षाको मौसममा सडकमा पानी जम्ने, किसानको खेतमा डुबान हुने र जनताका समस्याहरु समाधान हुन नसकेको जहिले पनि ग्रामीण जनताले भोग्नुपरेको दुखेसो पोखे ।
उक्त कार्यक्रममा उपस्थित नेता एवं कार्यकर्ता संगै स्थानीय बासिन्दाहरुले “जिंदाबाद” भन्दै गुप्ता प्रति समर्थन जनाए ।
कार्यक्रममा पूर्व साँसद रेखा झा, प्रदेश सभा सदस्य जयद राजा, उपेन्द्र साह, राजकिशोर यादव, राजिव यादव लगायतका नेता एवं कार्यकर्ताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।