zoom error code 1132 pc zoom download latest update download zoom desktop client windows 10 in laptop zoom download free laptop espanol download emojis for zoom

छठको व्रत गर्ने गरिव असहाय एवं दलत महिलाहरुलाई स्थानीय तहबाट साडी वितरण

   ४ मंसिर २०७७, बिहीबार १६:११  

रौतहट ४ मंसिर । रौतहटको विभिन्न स्थानीय तहले दलित एवं पिछडिएको समुदायका महिलाहरुलाई आस्थाको पर्व छठ पुजा गर्ने व्रतालुहरुलाई साडी बितरण गरेका छन् ।
दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले हिन्दुहरुको महान चाड छठ पर्वको शुभ अवसरमा पालिकाको पाँचै वडाका सम्पुर्ण दलित एवं पिछडिएको समुदायका गरिव असहाय छठ पर्वमा ब्रत बस्नुे व्रतालु महिलाहरुलाई साडी वितरण गरेका हुन् ।
अध्यक्ष साहले पालिका भित्र रहेका करिव २ हजार दलित, गरिव असहाय महिलाहरुलाई भोली विहान सम्म वितरण गर्ने लक्ष्यका साथ अघि बढको उनले भने । यसैगरी गढीमाई नगरपालिकाको ९ वटै वडामा रहेका गरिव, असहाय, विपन्न परिवारका महिलाहरुलाई कोभिडको कारण छठ पुजा गर्न निकै आर्थिक अभाव हुँदा उक्त अभावलाई मध्यनजर राख्दै करिव ३ हजार महिलालाई साडी वितरण गरिएको नगरपािलकाको प्रमुख श्यामप्रसाद यादवले जानकारी दिए ।
छठ पुजा गर्न आर्थिक अभावमा दलित समुदाय मारका परेको बताउनु हुदै दलितहरुलाई लोक आस्थाको पर्व गर्न निकै असहज भईरहदा केही सहयोग पुगोस भने उद्देश्यबाट साडी वितरण गरिएको नगरप्रमुख यादवल बताए ।
माधवनारायण नगरपालिकाका नगर प्रमुख बिरेन्द्र प्रसाद यादवले करिब १२०० दलित महिलालाई साडी वितरण गरिएको जानकारी दिए । साडी वितरण कार्यक्रममा नगर प्रमुख यादवले छठ पर्वमा आर्थिक रूपले विपन्न परिवारका व्रतालुलाई साडी एवं पूजा सामग्री वितरण गर्न पाउनु सौभाग्य रहेको स्पष्ट पारे । कोभिड संक्रमणलाई ख्याल राख्दै पर्व मनाउदा समाजीक दुरी कायम गरी, मास्क अनिवार्य लगाउन नागरिकहरुलाई आग्रह समेत गरे ।
यस्तै छठ पर्वमा ब्रतालु महिलाहरुलाई चन्द्रपुर, गुजरा, वृन्दावन, कटहरिया, फतुवा विजयपुर, मौलापुर, इशनाथ, राजपुर, बौधीमाई, राजदेवी लगायतका स्थानीय तहबाट गरिव असहाय महिलाहरुलाई छठ पर्व गर्ने ब्रतालुहरुलाई साडी वितरण गरिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै