रौतहट, २१ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण साह नेकपा परित्याग गरेको घोषणा गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’ चुनाव चिन्हबाट उम्मेदवार बनेका साहले विभिन्न मतदान केन्द्रमा अनियमितता भएको दाबी गर्दै आफ्ना प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउने चेतावनी दिदै पार्टी परित्याग गरेका हुन् ।
“अर्काको नाममा मत खसाल्ने काम भइरहेको छ, तर प्रहरी मुकदर्शक भएर बसेको छ,” उम्मेदबार साहले फेसबुक लाईभमा भने, “यस विषयमा ध्यानाकर्षण गराउन म निर्वाचन कार्यालयमै धर्ना बस्ने तयारीमा छु ।” उनले भने
साहले विशेषगरी राजपुर नगरपालिका र इशनाथ नगरपालिका का विभिन्न मतदान केन्द्रमा धाँधली भएको दाबी गर्दै ती क्षेत्रका ८ वडामा पुनः मतदान गरिनुपर्ने माग अघि सारे । उनका अनुसार निष्पक्षता सुनिश्चित गर्न पुनः मतदान अपरिहार्य बताए ।
यता प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले मतदान समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । मतदान केन्द्र भित्र कुनै त्यस्तो कार्यहरु नभएको तर बाहिर केही व्यक्तिहरु आपसमै झै झगडा गर्दा समेत सुरक्षाकर्मीहरुले क्लियर गराएर मतदानलाई शान्ति एवं भयरहित वातावरणमा सम्पन्न गराइएको बताए ।
“कुनै–कुनै ठाउँमा बाहिर सामान्य विवाद भएको खबर आएको छ, तर धाँधली भएको पुष्टि हुने तथ्य अहिले सम्म प्राप्त भएको छैन,” उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन