काँग्रेसको किला भत्काउदै रौतहट–४ बाट रास्वपा उम्मेदवार गणेश पौडेलको एतिहासिक जित

0 Shares
रौतहट, २३ फागुन । रौतहट–४ मा दुई पटक प्रतिनिधि सभा सदस्य रहेका नेपाली काँग्रेसका देवप्रसाद तिमलसिनालाई २१ हजार ११ मतको फराकिलो अन्तरबाट पराजित गर्दै रास्वपा उम्मेदवार गणेश पौडेल प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
पौडेलको घण्टीमा ३६ हजार ८७६ मत प्राप्त भएको छ भने तिमलसिनाको पक्षमा १५ हजार ८६५ मतमै चित्त बुझाउदै हैट्रिक जितलाई रास्वपा उम्मेदवार पौडेलले विराम लगाइदिएका हुन् ।
नेपाली काँग्रेसका तिमलसिना यसअघि २०७४ र २०७९ को निर्वाचनमा लगातार विजयी भएर दबदबा कायम राखे यसपाली पराजित भए । रास्वपाको उदय र मतदाताको ’परिवर्तन’ प्रतिको चाहनाले कांग्रेसको वर्षौँदेखिको गढ भत्किएको छ ।
निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार राम कुमार भट्टराई ९ हजार ७७८ मतका साथ तेस्रो स्थानमा रहे ।
यस क्षेत्रबाट पत्रकारिताबाट राजनीतिमा होमिएका ऋषि धमलाले ६५५ मत मात्र प्राप्त गरे । निर्वाचन कानुनअनुसार कुल सदर मतको १० प्रतिशत मत पुर्याउन नसकेपछि उनको जमानत जफत भएको छ । धमला मात्र नभई, यस क्षेत्रमा रास्वपा, कांग्रेस र नेकपा बाहेकका अन्य सबै दल तथा स्वतन्त्र उम्मेदवारहरूको धरौटी जफत भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै गणेश पौडेलले यो जित आफ्नो मात्र नभई रौतहटबासीको परिवर्तनप्रतिको चाहनाको जित भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।