रास्वपाको ऐतिहासिक सफलतापछि भारतीय प्रधानमन्त्रीको शुभकामना, नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउने विश्वास

0 Shares
रौतहट, २६ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको रास्वपाका सभापति रबी लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन मार्फत बधाई दिएका छन् ।
सोमबार भएको टेलिफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले हालै सम्पन्न निर्वाचनमा प्राप्त ऐतिहासिक जितका लागि दुवै नेतालाई शुभकामना दिएका हुन् ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ सिटसहित दुई तिहाइ बहुमत नजिक पुग्ने अवस्था बनेपछि मोदीले बधाई सन्देश दिएको छ ।
रास्वपाभित्र यसअघि नै भएको सहमति अनुसार निर्वाचनपछि वरिष्ठ नेता शाह प्रधानमन्त्री बनाउने सहमति गत पुस १३ गते भएको बताइएको छ । समानुपातिकतर्फको मत परिणाम अन्तिम चरणमा पुगिरहेका बेला मोदीले दुवै नेतासँग संवाद गरेर बधाई दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएका छन् ।
मोदीले सामाजिक सञ्जाल एक्स मार्फत टेलिफोन संवादबारे जानकारी दिँदै निर्वाचनमा प्राप्त जित तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिए । उनले नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै नेपालसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले पारस्परिक समृद्धि, विकास र दुवै देशका जनताको कल्याणका लागि भारत र  नेपालको बीच सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । साथै संयुक्त प्रयासमार्फत आगामी वर्षहरूमा नेपाल–भारत सम्बन्धलाई अझ उचाइमा पुर्याउन सकिने धारणा पनि राखे ।
यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सफलता पूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।