सर्लाहीको बयलबास क्षेत्रमा निषेधाज्ञा लगाइयो

551 Shares

तराई टप संवाददाता
सर्लाही, १३ पुस । प्रहरी भ्यानबाट एक व्यवसायीको मृत्यु भएको बिषयलाई लिएर अवस्था उग्र भएपछि सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलवास बजार क्षेत्रमा मंगलवार दिउँसो ३ बजे देखि जिल्ला प्रशासन कार्यालय मलंगवाले निषेधाज्ञा जारी गरेको छ ।
प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका ५ सखुबनी खुबलाल टोलका ३० वर्षीय राम कुमार महतोको मृत्यु भएको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले अन्धाधुन्ध आक्रमणमा उत्रिएर आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय मलंवाले आज दिउसो ३ बजे देखि बुधवार साँझ ७ बजे सम्मे निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं. ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उनले भने ।
निषेधाज्ञा अवधीमा कुनै पनि किमिसको भेला हुन, घरबाहिर हिडडुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने जारी निषेधाज्ञा आदेशमा उल्लेख छ । प्रजिअ गौतमका अनुसार सार्वजनिक सम्पतिमा तोडफोड, आगजनी लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार