दलितमाथि सामूहिक कुटपिट गर्ने आठ जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता, एक पक्राउ

0 Shares
रौतहट, २७ फागुन । रौतहटको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर स्थित दलित टोलमा दुई महिला सहित ६ जनामाथि भएको सामूहिक आक्रमण गर्ने घटनामा संलग्न आठ जना विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको छ ।
पीडित बिर्जा राम चमारको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटका एसपीको निर्देशनपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियामा बुधबार आठ जना विरुद्ध उक्त मुद्दा दर्ता गरिएको हो ।
प्रहरी श्रोतका अनुसार दलित परिवार माथि सामुहिक रुपमा आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा पसिन्द्र यादवलाई पक्राउ गरिएको छ । उक्त घटनाका अन्य आरोपीहरू भुनेश्वर यादव, नितेश यादव, जगु यादव (नगेन्द्र यादव), सुखारी यादव, गिरधारी यादव, नबिन कुमार यादव र जयप्रकाश यादव भने फरार रहेका छन् ।
फरार अभियुक्तहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाए । पक्राउ परेका पसिन्द्र यादवलाई इलाका प्रहरी कार्यालय विजयपुरको हिरासतमा राखिएको बताइएको छ ।
स्थानीय बासिन्दाले भने घटनाको सुरुवाती चरणमा प्रहरीले निष्पक्ष अनुसन्धान नगरी उल्टै पीडित पक्षलाई नै दुःख दिएको आरोप लगाएका थिए । विशेषगरी इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका इन्स्पेक्टर सुरेन्द्र यादवको भूमिका माथि प्रश्न उठाउदै उनीमाथि जातीय प्रभावमा परेर पीडितलाई न्याय नदिएको आरोप समेत लगाए ।
गत फागुन १९ गते होली पर्वको पूर्वसन्ध्या तथा प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा दुई दिनअघि उक्त घटना भएको थियो । घटनापछि एक सातासम्म कुनै कारबाही नभएपछि पीडित पक्षले मंगलबार पत्रकार सम्मेलन गर्दै घटना सार्वजनिक गरेका थिए ।
उक्त घटनाको समाचार तराई टप सहित विभिन्न सामाचार माध्यममा प्रकाशित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटको ध्यानाकर्षण भएर पिडित पक्षलाई न्याय दिलाउन एसपी सीताराम रिजालको निर्देशन दिएपछि बल्ल पिडकहरु विरु विर्जाराम चमारले आठ जना विरुद्ध दिएको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।