रौतहट, १ चैत । रौतहट सदरमुकाम गौरको गढवा स्थित रहेका बसपार्क प्रहरी चौकीका इन्चार्जको प्रहरी मर्यादा विपरित कार्य गरिरहेको लिला सार्वजनिक भएका छन् ।
गौर बस पार्क नजिकै रहेका कृष्णा इन होटलमा गएको बुधवार एक विवाह समारोहमा सीमापारी भारतबाट झिकाइएका नर्तकी संग मर्यादा विपरित हर्कत गरिरहेको तस्वीर र भिडियो बाहिरिदा नेपाल प्रहरीको काम र कत्र्तव्य माथि गम्भीर प्रश्न चिन्ह उठेका हुन् ।
बसपार्कमा रहेका अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक विनोद यादवले काँखीमा अर्धनग्न नर्तकीलाई राखेको, चुरोट तान्दै गरेको तस्वीर बाहिरिएको छ । असई यादव नेपाल प्रहरीको लोगो अंकित चिटर लगाएको हुँदा त्यस्तो कार्यमा सत्य, सेवा सुरक्षण भने मुलमन्त्रलाई नै दुषित पार्ने कार्य भएको देखिन्छ ।
त्यती मात्रै नभई भिडियोमा अर्की नर्तकीसंग आपत्तीजनक हर्कत गरेको जस्तो देख्दा प्रहरीको आचरण एवं व्यवहार माथि गम्भीर प्रश्न खडा हुँदै यस्ताबाट समाजमा शान्ति सुरक्षाको प्रत्याभुति कसरी हुन सक्छ ? भने गम्भीर सबालको विषय बनेका छन् ।
स्थानीय प्रशासनको विना इजाजत होटलमा यसरी नर्तकीलाई राखेर नचाउने कार्य कसरी सम्भव भयो पहिलो प्रश्न ? सर्वसाधारणहरु गाउँघरमा लाग्ने धार्मिक अनुष्ठानमा साँस्कृतिक कार्यक्रम गराउन अनिवार्य रुपमा स्थानीय प्रशासनको इजाजत विना सम्भव नहुने अवस्थामा प्रशासनको नाकै मुनी अर्थात गौरको अति सम्बेदनशिल क्षेत्र बस पार्क नजिकै रहेका उक्त होटलमा प्रहरीकै संरक्षणमा यस्ता हर्क हुनु निकै दुखद विषय रहेको तस्वीर र भिडियो उपलब्ध गराउने श्रोतले तराई टपलाई बतायो ।
यस विषयमा कृष्णा इन होटलमा धेरै एंगलबाट अनुसन्धान गर्दा उनीहरु घटनालाई ढाँकछोप गर्नमा तल्लिन रहेको पाइयो । होटलको नम्वर ०५५५१३९८ मा फोन गरेर गएको बुधवार कसको विहेवारी थिए सोध्दा आफूलाई केही थाहा छैन, आफू नयाँ स्टाफ हो भनेर पन्छियो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णु प्रदीप वस्यालले घटनाबारे जानकारी प्राप्त भएपछि असईलाई बसपार्कबाट तान्ने कार्य भईरहेको र आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रियामा जाने बताए ।