“टिपरको आतंक” गौर–गंगापिपरा–समनपुर सडकमा दुई टिपर ठोक्किँदा ठूलो क्षति हुनबाट जोगियो

0 Shares
रौतहट, १० चैत । रौतहटको गौर–गंगापिपरा–समनपुर सडकखण्ड अचेल टिपरको आतंक बढेका छन् ।
क्रशर संचालकहरु आफनो मालबस्तुहरु विक्री वितरण गर्दा निर्माणको नाममा पठाइने गिट्टीबालुवा लोड भएका टिपरहरु विहानै देखि अबेर राति सम्म गौर–गंगापिपरा–समनपुर सडक खण्डमा अत्याधिक गतिमा गुडाउदा स्थानीयहरु निकै त्रसित एवं आतंकित बन्दै गएका हुन् ।
सोही क्रममा सोमवार राति करिव ८.१५ बजेको सममा दुर्गा भगवती–३ मत्सरी देखि दक्षिणमा रहेका कछुअवा पुल नजिकै दुई टिपर एक आपसमा ठोक्किदा कुनै मानविय क्षति नभएपनि ठूलो दुर्घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
गौरबाट समनपुरतर्फ जाँदै गरेका ना. ८ ख २४३१ नम्बरको टिपरले अत्यधिक गतिका कारण अगाडि रहेको ना. ८ ख ३३८९ नम्बरको टिपरलाई पछाडिबाट ठक्कर दिएका थिए ।
दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ठक्कर दिने टिपरको अगाडिको भागमा गम्भीर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए । दुर्घटनामा संलग्न दुवै सवारी साधन “न्यु गढीमाई कन्स्ट्रक्सन” का रहेको हो ।
दुर्घटनामा संलग्न चालकहरू ओम कुमार र राम प्रसाद मैनाली विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटबाट बुझिएको छ ।
स्मरणीय रहोस, विहान देखि अबेर राति सम्म अत्याधिक गतिमा गुडिरहने यस्ता टिपरको आतंकबाट स्थानीयहरु त्रसित भएको छ । साँघुरो बाटोमा गिट्टी बालुवा ओसार्दा त्रिपालले छापिनुपर्नेमा त्यसो नगरेको, बस्तीमा ओभर स्पिडमा गुडाइरहदा समेत स्थानीय प्रहरी वा जिम्मेवार निकायको ध्यान नजानु निकै विडम्बना रहेको स्थानीयहरुले गुनासो गरे ।
त्यतीमा मात्रै नभई झाझ पुल वा कछुअवा पुल पारी प्रहरी वा सशस्त्र प्रहरीको उपस्थिति यदाकदा भएमा त्यो पनि व्यापारिक प्रयोजनका लागि मात्रै हुने गरेका छन् । सीमापारीबाट व्यापारीहरुद्वारा ओसारपसार गर्ने मालबस्तुहरुको ढुवानीकर्ताहरु संग असुली कार्यमा मात्रै व्यस्त रहने गरेको गम्भीर आरोप लागेका छन् । नियमित रुपमा गस्ती छैन, सुनसान स्थानमा रातिको समयमा गस्ती गर्नुपर्ने कार्य छैनन् ।
कछुअवा र झाझ पुलको बीचमा कंयौं पटक सवार दुर्घटना भएर अनाहकमा ज्यान गुमाईसकेको अवस्थामा पनि स्थानीय प्रहरी प्रशासनले प्रहरीको नियमित विट नराख्दा अनियमित कार्य गर्ने तथा टिपर जस्ता सवारी साधनको गौर–गंगापिपरा–समनपुर सडक खण्डमा आतंक बढेर गएका जनगुनासो बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।