बागमती नदीमा माछा मार्न गएका ४० वर्षीय पुरुष बेपत्ता भएको तीन दिनपछि शव फेला

0 Shares
रौतहट, १० चैत । रौतहट सर्लाहीको जिल्लाको सीमामा पर्ने बागमती नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव तीन दिनपछि फेला परेको छ ।
गएको शनिवार बिहान करिब १०ः३० बजेको समयमा चन्द्रपुर नगरपालिका–१ नुनथर स्थित झोलुङेपुलबाट करिब डेढ मिटर उत्तर बागमती नदीमा माछा क्रममा सर्लाही बागमती नगरपालिका–४ नयाँबस्तीका अन्दाजी ४० वर्षीय कामीसिंह स्याङतान डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे उनका भतिजो कान्छा लामाले सोही दिन ११ः४५ बजेको समयमा प्रहरी चौकी पौराईमा जानकारी गराएपछि तत्कालै प्रहरी टोली खोजी कार्यमा खटिएको थियो । इलाकाप्रहरी कार्यालय चन्द्रपुर, कर्मैया सर्लाही, सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुर तथा आर्मी बेस चपुरबाट संयुक्त रूपमा खोजतलास समेत गरियो ।
लगातार तीन दिनसम्म विभिन्न सुरक्षा निकायका टोलीले बागमती नदीमा डुङ्गा प्रयोग गरी गहन खोजी कार्य सञ्चालन गरेपनि शव फेला पर्न सकेका थिएनन ।
आज बिहान करिब ७ः३० बजेको समयमा खोजीकै क्रममा सोही स्थान नजिक, नुनथर झोलुङेपुलबाट करिब १०० मिटर उत्तरतर्फ नदीमा शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाए ।
शव फेला परेको खवर पाउना साथ इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी रुपा लाबुङको कमाण्डमा खटिएका संयुक्त सुरक्षा टोलीले डुङ्गाको सहायताले शव बाहिर निकाली मुचुल्का तयार गरी पोस्टमार्टमका लागि सरकारी अस्पताल चन्द्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप वस्यालले घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको तथा पोष्टमार्टम गरेर मृतक परिवारलाई शव जिम्मा लगाइने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।