चैत १९ देखि एसइई सुरु हुदैः ५ लाखभन्दा बढी विद्यार्थी सहभागी, असारको तेश्रो सातामा नतिजा सार्वजनिक हुने लक्ष्य

0 Shares
रौतहट, ११ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १९ गतेदेखि देशभर सुरु हुदैछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण गत वर्षको तुलनामा परीक्षा १२ दिन ढिलो गरी सञ्चालन हुन लागेको हो । गत वर्ष चैत ७ गतेदेखि सुरु भएको परीक्षा यस वर्ष चैत १९ देखि २९ गतेसम्म हरेक दिन बिहान ८ बजेदेखि सञ्चालन हुने भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल ५ लाख १० हजार विद्यार्थी एसइईमा सहभागी भईरहेको छ । गत वर्षको तुलनामा करिब ४ हजार परीक्षार्थी घटेको हो ।
सहभागी मध्ये २ लाख ५७ हजार ५२७ छात्रा र २ लाख ५२ हजार ४३४ छात्र सहभागी भईरहेको छ भने ६३ हजार विद्यार्थी एक्जाम्टेड तर्फ सहभागी रहेका छन् । साथै, जापानबाट २३ जना विद्यार्थीले पनि यस वर्ष एसइई दिने तयारीमा रहेको जनाइएको छ ।
परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्रश्नपत्र र उत्तर पुस्तिका सबै ७७ जिल्लामा सुरक्षित रूपमा पुर्याइसकिएको छ । परीक्षा शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार ५ सय सुरक्षाकर्मी परिचालन गर्ने जनाएइएको छ ।
परीक्षा तालिका अनुसार पहिलो दिन चैत १९ गते अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । त्यसपछि चैत २० गते नेपाली, चैत २२ गते गणित र चैत २३ गते संस्कृति तथा वेद विद्याश्रम तर्फका विषयको परीक्षा हुनेछ । चैत २४ देखि २९ गतेसम्म प्राविधिक तथा एक्क्षीक तर्फका विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।
एसइई सकिएलगत्तै उत्तरपुस्तिका जाँच गर्ने कार्य सुरु गरिने छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सम्पन्न भएको करिब तीन महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ । बोर्डका अनुसार आगामी असारको तेस्रो सातासम्म नतिजा प्रकाशित गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।