बृद्धलाई धक्का दिएर हत्या गरेको आरोपमा २ पक्राउ

   ९ मंसिर २०७७, मंगलवार १८:०७  

रौतहट, ९ मंसिर । रौतहटको बृन्दावन नगरपालिकामा सामान्य विवादमा धकेल्दा सोमवार राति एक ५० बर्षिय वृद्ध व्यक्तिको ज्यान गएको छ ।
बृन्दावन नगरपालिकाको सखुवा धमौराका १९ बर्षिय विकास पासवानले रक्सि सेवन गरी सोही स्थानका छिमेकी ५० बर्षिय अमिरी पासवानलाई गाली गर्दै कुटपिट गर्ने क्रममा धकेल्दा पासवानको लडेर टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका पासवानको उपचारको क्रममा गरुडा स्थित सिटि अस्पतालमा गए राति मृत्यु भएको हो ।
कुटपिट गरी धकेलेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा विकास सहित ५५ वर्षिय बिन्द पासवान रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएका छन ।
ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । मृतक अमिरिको शव पोष्टमार्टम गरेर शतगतको लागि मृतक परिवारलाई जिम्मा लगाइएको तथा हत्या सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै