पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखक पक्राउ

0 Shares
रौतहट, १४ चैत । नेपाली राजनीतिमा ठूलो हलचल मच्चाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोलीले भक्तपुरको गुण्डु स्थित निवासबाट उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकारीहरुद्वारा ओली पक्राउ परेको पुष्टि गरेका छन् । उनलाई पक्राउ गर्न प्रहरी टोली रातिदेखि नै निवास वरिपरि परिचालन गरिएको थियो ।
यसअघि ओली नेतृत्वको सरकारका तत्कालीन गृहमन्त्री रमेश लेखक लाई पनि भक्तपुरको कुटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरिसकेको छ । दुवै जनालाई भदौ २३ गते भएको “जेनजी आन्दोलन” मा १९ जनाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनमा केपी शर्मा ओली, रमेश लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत “हेलचक्र्याईं गरी ज्यान मार्न नहुने” कसुर लगाइएको छ । उक्त कसुरमा दोषी ठहरिए ३ वर्ष सम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले शपथ लिए लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कदम अघि बढाइएको छ ।
नेपालकै इतिहासमा पहिलो पटक मुलुकको पूर्व कार्यकारी प्रमुखलाई फौजदारी ज्यान मुद्दामा पक्राउ गरिएको यो घटनाले राजनीतिक तथा कानुनी वृत्तमा ठूलो बहस र तरंग सिर्जना गरेको छ । अब यस प्रकरणले कस्तो मोड लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।