दाउन्नेमा ट्रकको ठक्करपछि बस १०० मिटर तल खस्यो, ३ जनाको मृत्यु, १५ घाइते

0 Shares
नवलपरासी, १४ चैत । दाउन्ने सडकखण्डमा भएको भीषण सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने कम्तीमा १५ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत क्षेत्रमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना७ख ९३९८ नम्बरको ट्रकले सोही दिशामा गइरहेका लु२ख २३५१ नम्बरको बस र ना.५ख २२७५ नम्बरको पिकअप गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएका हुन् ।
ट्रकको ठक्करपछि बस करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले जनाए । बस काठमाडौंबाट रोल्पातर्फ जाँदै थियो ।
दुर्घटनामा मृत्यु भएका मध्ये एक जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृतक रोल्पाको बागमाराका करिब २५ वर्षीय गोबिन बुढा रहेको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी छ र शव जिल्ला अस्पतालमा राखिएको छ ।
घाइतेहरूलाई लुम्बिनी सिटी अस्पताल र चिसापानी अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर रहेको जनाइए ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य गरिएको थियो । यस दुर्घटनाले फेरि एकपटक दाउन्ने सडकखण्डको जोखिम र सवारी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

लुम्बिनी सिटी अस्पतालमा रहेका घाइतेहरू

१) बसमा सवार जिल्ला रोल्पा परिवर्तन ४ बस्ने वर्ष अं. २४ को मरिचमान घर्तीमगर

२) बस चालक ऐ. माडी बस्ने वर्ष अं.२४ को हिमाल घर्ती मगर

३) जिल्ला कञ्चनपुर कृष्णपुर गा.पा. ६ बस्ने वर्ष अं. २८ को लोकराज ओझा

४) ट्क चालक जिल्ला बर्दिया बारबर्दिया न.पा. ७ बस्ने वर्ष २४ को सागर चौधरी

५) ऐ. बस्ने वर्ष १९ को जिवन चौधरी

६) जिल्ला काठमाडौ बस्ने वर्ष अं. २८ कि लक्ष्मी खत्री

७) जिल्ला रोल्पा माडि २ बस्ने वर्ष अं. १९ को किरण पुन मगर

८) ऐ. बस्ने वर्ष ४८ कि सुशिला नेपाली

९) जिल्ला रोल्पा माडि गा. पा. ४ वस्ने वर्ष ५८ को मोतिलाल डाँगी

१०) ऐ. बस्ने वर्ष अं. ६२ को झुप बहादुर घर्ती

११) ऐ. ३ बस्ने वर्ष अं. ६२ को तिर्थ बहादुर पुन

१२) जिल्ला दाङ घोराही ३ बस्ने वर्ष ४९ को खिम बहादुर नेपाली

१३) १ जना महिलाको अ.बर्ष २५ की नाम थर वतन हालसम्म नखुलेकाे एक जना

चिसापानी अस्पतालमा उपचार भइरहेका घाइतेहरु

१)जिल्ला चितवन इछ्छा मनकामना १ वस्ने वेष ३१ को विशाल चेपाङ

२)पिकिअप चालक जिल्ला चितवन रत्न नगर वस्ने वर्ष अं. २९ को आषिक गुरुङ

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।