गैरकानुनी रुपमा भारत प्रवेश गर्न खोज्ने एक चिनियाँ नागरिक पक्राउ

   १५ पुष २०७८, बिहीबार १०:४०  

तराई टप
काँकडभिटा, १५ पुस । नेपालको बाटो प्रयोग गरेर गैर कानुनी रुपमा भारत प्रवेश गर्न लागिएका एक चिनियाँ नागरिकलाई भारतीय सुरक्षाकर्मी एसएसबीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगालको सिलगुढीमा सशस्त्र सिमा बल (एसएसबी) ले २७ बर्षिय चिनियाँ नागरिक शिरिंग दोर्जीलाई गैर कानुनी रुपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरिएको आरोप लागेको हो ।
पक्राउ परेको चिनियाँ नागरिक दोर्जीको साथबाट नक्कली आधार र प्यान कार्ड फेला परेको छ । अबैध रुपमा पश्चिम बंगाल राज्यमा प्रवेश गर्न खोज्ने दोर्जी छौठो चिनियाँ नागरिक भएको भारतीय संचारमाध्यममा समाचार प्रकाशित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै