सर्लाहीमा लाखौंको भन्सार छली सामान कुख्यात महिला तस्कर चश्माबाली सशस्त्र प्रहरीद्वारा पक्राउ

0 Shares
सर्लाही, २० चैत । सर्लाहीमा भन्सार छलीको सामानहरु लोड भएको अटो रिक्सा सहित एक महिलालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो समयमा ठूलो संख्यामा तस्करी मौलाएपछि नयाँ सरकार आएपछि सशस्त्र प्रहरी चनाखो भएर कारवाहीमा उत्रिदा लाखौं मूल्य बराबरका अवैध सामानसहित अटो र एक महिला तस्करलाई नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण सर्लाहीका अनुसार भारतबाट अवैध रूपमा ल्याइँदै गरेको किराना सामान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा चन्द्रनगर गाउँपालिका–४ पोखरिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको टोलीले सवारी चेकजाँचका क्रममा ज १ ह ४४५१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा भन्सार छलीका सामानहरु सहित उनलाई पक्राउ गरिएको बताइएको छ ।
अटोबाट मरिच ३४ किलो, मैदा ७ बोरा, पाउडर दूध ४५ किलो, पेडा १३५ डिब्बा र चकलेट ३० डिब्बा बरामद गरिएको छ । अटोमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–६ बयलवास निवासी करिब ३० वर्षीय बवी महतो (उपनाम ‘चस्मा बाली’) लाई पनि नियन्त्रणमा लिइएको जनाइएको छ ।
नियन्त्रणमा लिएका अटो र सामान आवश्यक कारबाहीका लागि मलंगवा भन्सार कार्यालय बुझाइएको छ । भन्सार कार्यालयका अनुसार अटोको मूल्य करिब ३ लाख ५० हजार र सामानको मूल्य १ लाख २७ हजार १२५ गरी ४ लाख ७७ हजार १२५ रुपैयाँ बराबरको सामान दाखिला गरियो ।
स्मरणीय छ, केही साता अघि महिला तस्कर चश्मावाली र सशस्त्र प्रहरीको असई घुमुवा सुरेश महतो बीच अडियो रेकर्ड तराई टप अनलाइनले ब्रेक गरेका थिए । तैपनि उनलाई कारवाही नगरेर जिल्लाको मुख्य घुमुवामा राखेर गणबाट नै अबैध रकम उठाउनमा व्यस्त गराइएको थियो ।
उक्त अडियो संवादमा असई महतोले भनेका थिए आफू सर्लाहीमा बसुनजेल सम्म तिम्रो अर्थात चश्मावालीको काम कसैले रोक्न सक्दैनन । त्यसपछि उनी व्यक्ति लामो समयदेखि त्रिभुवननगर नाकाबाट भन्सार छली गरी सामान भित्रर्याउने कार्यमा सक्रिय थिए ।
चश्मावालीलाई नियन्त्रणमा लिएका सुरक्षाकर्मीलाई गृह मन्त्रालय सम्म मेरो पहुँच रहेको छ, तिमिलाई यहाँबाट सरुवा गराइदिने, भिडियो बनाएर फसाइदिने तथा जागिर समेत खाइदिने धम्की दिएको श्रोतबाट बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।