बिहारमा विषाक्त मदिरा काण्डः मृतकको संख्या ५ पुग्यो, १५ बिरामी, ६ जनाको दृष्टि गुम्यो

0 Shares

संजयकुमार मिश्रा
रौतहट २२ चैत्र । भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउने र बिरामीको संख्या बढ्दैगएको सार्वजनिक भएको छ। मोतिहारी क्षेत्रमा मृतकको संख्या बढेर ५ पुगेको छ भने १५ जना गम्भीर बिरामी परेका छन्। तीमध्ये ६ जनाले आँखाको दृष्टिसमेत गुमाएको बताइएको छ। सबै बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा २ जनाको अवस्था अझै चिन्ताजनक रहेको छ।
घटना रघुनाथपुर थाना क्षेत्रको बालगंगा गाउँबाट सुरु भएर आसपासका क्षेत्रमा फैलिएको बताइएको छ। बालगंगाका सम्पत साहको मुजफ्फरपुरस्थित एसकेएमसीएच अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। यसअघि परीक्षण मांझी ९४६० र हीरालाल भगतको ज्यान गएको थियो। प्रारम्भिक दुई मृत्यु भने अघिल्लो दिन बिहान र बिहीबार राति भएको जनाइएको छ।
घटनापछि प्रहरीले कारबाही थालेको छ। जिल्लाका एसपी शुवर्ण प्रभातले तुरकौलिया थाना इन्चार्ज उमाशंकर मांझीलाई निलम्बन गरेका छन् भने चौकीदार भरत रायलाई पक्राउ गरिएको छ। साथै, तुरकौलिया र रघुनाथपुर थाना क्षेत्रमा हत्या मुद्दा दर्ता गरिएको छ। मृतक प्रमोद यादव र हीरालाल भगतका परिवारको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको हो।
दैनिक भास्करका अनुसार बुधबार साँझ दुई फरक थाना क्षेत्रमा स्थानीयहरूले मदिरा सेवन गरेका थिए, जसपछि उनीहरूको स्वास्थ्य बिग्रिन थालेको थियो। प्रहरीका अनुसार बिहीबार बिहान तुरकौलिया थाना क्षेत्रका पुलवा घाट निवासी चन्दुको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। उनका परिवारले कुनै जानकारी नदिई हतारमै अन्त्येष्टि गरेका थिए।
घटनाको वास्तविकता तब खुलेको हो, जब बालगंगाका लोहा ठाकुरको स्वास्थ्य अचानक बिग्रियो र आँखाको दृष्टि कमजोर हुन थाल्यो। उनलाई उपचारका लागि मदन राज नर्सिङ होम लगिएको थियो, जहाँ उनले मदिरा सेवन गरेको बताएका थिए।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी र प्रशासन सक्रिय भएका छन्। मदिरा सेवन गरेका व्यक्तिहरूको पहिचान गरी उपचारका लागि अस्पताल पठाउने काम भइरहेको छ। यसैक्रममा तुरकौलिया क्षेत्रकै प्रमोद यादवको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।