“कुवेतमा नेपाली युवाको पीडाः लाखौं तिरेर पुगेका सन्दीप कामविहीन, एजेन्ट सम्पर्कविहीन”

0 Shares
रौतहट, २२ चैत । वैदेशिक रोजगारीको मिठो सपना बोकेर कुवेत पुगेका रौतहटका एक युवक अहिले चरम निराशा र पीडादायी अवस्था सँग जुधिरहेका छन् ।
एजेन्टको झुटो आश्वासन र गैर जिम्मेवारीका कारण उनी चार महिना देखि कामविहीन अवस्थामा रही कोठामै थुनिन बाध्य भएका हुन् ।
कटहरिया नगरपालिका–३ बिर्ती प्रष्टोकाका २४ वर्षीय सन्दीप यादव करिब २ लाख ८९ हजार रुपैयाँ खर्चेर छ महिना अघि कुवेत पुगेका थिए । राम्रो तलब, सहज काम र आकर्षक सुविधाको प्रलोभनमा उनी सहित पाँच जना युवक विदेश पठाइएका थिए । तर, कुवेत पुगेको केही दिनमै उनीहरूको सपनामा तुसारापात भयो ।
वाचा गरिएको कामभन्दा फरक, सन्दीपलाई शौचालय सफा गर्ने र फोहोर व्यवस्थापन जस्ता जोखिमपूर्ण काममा लगाइयो । आवश्यक सुरक्षाका सामग्री समेत नदिइएको उनले गुनासो गरे । “कमाइ भए पनि खर्च धान्नै गाह्रो छ,” उनले भने, “महिनाको १०० दिनार मध्ये आधा भन्दा बढी खर्चिए पछि बचत गर्न सकिँदैन, उनले भने ।”
स्थिति झन् जटिल बनेपछि उनले नेपाल फर्किन एजेन्टसँग अनुरोध गरे । सुरुमा सहमति जनाए जस्तो देखिए पनि पछि उल्टै ४५० दिनार थप रकम माग्दै दबाब दिइयो । रकम जुटाउन नसक्दा एजेन्ट सम्पर्क विहीन भएको सन्दीपले बताए ।
दुई महिनापछि काम छोडेका सन्दीप अहिले बेरोजगार भएर बसेका छन् । उनले पाउनुपर्ने तलब समेत नपाएको गुनासो गरे । उनी सहित पाँचै जना अहिले न्यूनतम सुविधा बिना एउटै कोठामा बस्न बाध्य छन्—ओछ्यान छैन, पर्याप्त खाना छैन, र भविष्य पूर्ण रूपमा अनिश्चित छ ।
कम्पनीले सुरुमा केही महिनाभित्र घर फर्काउने आश्वासन दिए पनि अहिले उनीहरूको अवस्था बुझ्ने कोही छैन । सम्बन्धित मेनपावर कम्पनी र एजेन्ट दुवै सम्पर्कबाहिर रहेका छन् ।
यो घटना केवल एक युवाको व्यक्तिगत पीडा मात्र होइन, वैदेशिक रोजगारीको नाममा भइरहेको ठगी, शोषण र गैरजिम्मेवारीको ज्वलन्त उदाहरण हो । लाखौं रकम असुलेर युवाहरूलाई अलपत्र पार्ने प्रवृत्तिमाथि नियन्त्रण कहिले हुने भन्ने गम्भीर प्रश्न फेरि उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।