pcr test bergen op zoom kosten zoom meeting for download zoom download for school join a zoom meeting online in browser - join a zoom meeting online in browser cloud zoom jquery download zoom app deals

६ बर्षे नबालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा बर्दिबासमा दिनभरी प्रदर्शन, प्रहरीद्धारा गोली प्रहार गर्दा तिन जना प्रदर्शनकारी घाईते

   ९ मंसिर २०७७, मंगलवार १८:११  

रौतहट, ९ मंसिर । महोत्तरीको बर्दिवासको शुभम बस्तीको ६ बर्षिय नबालिकालाई बलात्कार पछि हत्या गरेको विरोधमा आक्रोशित स्थानीय बासिन्दाहरु आरोपितको घरमा आगजनी गरेपछि प्रहरीले गोली चलाएको छ ।
बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमको ६ वर्षीया नबालिका छोरी गुलाब साह खातुनलाई बलात्कार पश्चात हत्या गरी बोरामा शव राखेर घर नजिकै फालिएको अवस्थामा सोमवार मध्य राति शव बरामद भएका थिए । नबालिका खातुनलाई गौशाला नगरपालिका ५ का २५ बर्षिय अरुणकुमार साहले बलात्कार गरी हत्या गरेर फालेको आरोप स्वीकार गरको र उनी हाल प्रहरी नियन्त्रणमा रहेको बताइएको हो ।
मंगलवार विहानै देखि आरोपित साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा आक्रोशित स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका छन् । आगो निभाउन दमकल आए पनि स्थानीयले बाटो अवरुद्ध गरेका कारण दमकल आगलागी भएको स्थानसम्म पुग्न सकेनन् । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर स्थानीयद्धारा अवरुद्ध गरिएको बाटो खुलाउन निकै प्रयास गर्दा पनि प्रदर्शनकारी पछि नहटेको र प्रहरी माथि नै ढुंगामुढा गरेपछि बाध्य भएर गोली चलाउनु परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । गोली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने, श्याम कार्की र एकजना घाईत प्रदर्शनकारीको नाम खुल्न सकेको छैन । संजयको तीघ्रमा गम्भीर चोट लागेको छ भने कार्कीको टाउको फुटेको जनाइएको छ ।
संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ । मृतक बालिकाको शव बर्दिबास चोकमा राखेर प्रदर्शन गरिएको छ । बिहानैदेखि बन्द भएको राजमार्ग प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।
बर्बरता पुर्वक बलात्कारपछि हत्याको आरोपमा आक्रोशित स्थानीयले घरमा आगजनी तथा ढुंगामुढा गरेपछि अवस्था नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ । बालिका हत्याको बिरोध गर्दै स्थानीयले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै