“सीमाको सुरक्षा थप मजबुत बनाउनः गौरमा सशस्त्र प्रहरी गुल्मको अत्याधुनिक भवन उद्घाटन”

0 Shares
रौतहट, २२ चैत । रौतहटको गौर स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ मातहत रहेको सीमा सुरक्षा गुल्म हेड क्वाटर गौरको  नवनिर्मित भवन आइतवार भव्य समारोहका बीच उदघाटन गरिएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले आईतवार भवन उदघाटन गर्दै सीमाक्षेत्रको सुरक्षालाई अझ प्रभावकारी बनाउन भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहने बताए हुन ।
डिआइजी ढकालले आफू यस जिल्लाको कमाण्ड सम्हालेको अनुभव स्मरण गर्दै यहाँको भौगोलिक अवस्था र स्थानीय नागरिकको भूमिकाबारे पूर्ण रुपमा जानकार रहेको उल्लेख गरे ।
उनले सीमामा रहेका बोर्डर आउट पोस्ट (बीओपी) हरूमा भौतिक पूर्वाधारको अभावबारे संगठन पूर्ण सचेत रहेको र विनियोजित बजेटअनुसार क्रमशः आफ्नै भवन निर्माण भइरहेको स्पष्ट पारे ।
निर्माण सम्पन्न भईरहेका नयाँ भवन नेपाली जनताको करबाट निर्माण भएको स्मरण गराउँदै संगठन प्रति इमान्दारी पूर्वक काम गर्न निर्देशन दिए ।
“संगठनको मर्म विपरीत कार्य गर्ने जो–कोही पनि कारबाहीको दायरामा आउने छन्,” उनले चेतावनी दिए । साथै सीमाक्षेत्रमा जीविकोपार्जनका लागि सानो परिमाणमा सामान ल्याउने गतिविधिलाई तस्करीसँग नजोड्नु पर्ने तर्क राखे तर ती गतिविधिलाई कानुनी दायरामा ल्याएर भन्सार मार्फत राजस्व तिराउने तर्फ प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सीमाक्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको योगदानको प्रशंसा गर्दै भौतिक पूर्वाधार अभावका बीच पनि उनीहरूले दिएको सेवाप्रति सम्मान व्यक्त गरे । उनले सीमाको अनुगमनका क्रममा सुरक्षाकर्मीहरूले कठिन परिस्थितिमा काम गरिरहेको देखेको उल्लेख गर्दै उनीहरूको सुविधा र आवासको सुधारमा राज्यले ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
२ कराड भन्दा बढिको लागतमा सम्पन्न भएको नवनिर्मित भवन निर्माणमा सहयोग पु्र्याउने सशस्त्र प्रहरी सहितका विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो । गौर नगरपालिका–१ का अध्यक्ष लालबाबु चौधरी, नगरपालिकाका बोर्ड सदस्य तथा सुदर्शन आँखा अस्पताल गौरका प्रमुख डा. हरिश्चन्द्र झालाई कदरपत्र र गम्छा ओढाएर सम्मानित गरिएको थियो ।
त्यसैगरी, डिआइजी ढकाललाई सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारीले मायाको चिनो प्रदान गरेको जानकारी दिँदै गुल्मपति प्रेमसागर विष्टले विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी मधेश प्रदेश महिला संघकी अध्यक्ष संगिता सुवेदी, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाली सेनाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । समारोहकै अवसरमा प्रमुख अतिथिसहितका पदाधिकारीहरूले गुल्म परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।
डिआइजी ढकालले आजै इशनाथको औरैया र राजदेवी नगरपालिकाको बेलविछवामा निर्माण गरिएको नवनिर्मित भवनको उदघाटन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।