डिभिजन सडक कार्यालय चन्द्रपुरको लापरवाहीको परिणाम, ६ महिना नपुग्दै कालोपत्रे सडक चर्कियो, गौर–गंगापिपरा सडकखण्ड फेरी खन्न थालियो

0 Shares
रौतहट, २४ चैत । रौतहटको अत्यन्तै व्यस्त मानिने गौर–गंगापिपरा सडकखण्डमा निर्माण गरिएको कालोपत्रे सडक ६ महिना नपुग्दै चर्किन थालेपछि पुनः मर्मत कार्य सुरु गरिएको छ ।
डिभिजन सडक कार्यालय चन्द्रपुरको निगरानीमै निर्माण भएको सडक यति छिटो बिग्रिएपछि कार्यालयको कार्यक्षमता माथि गम्भीर प्रश्न उठेको हो ।
वर्षौंदेखि ग्राभेल सडकबाट सास्ती खेप्दै आएका स्थानीयका लागि १२ किलोमिटर सडक कालोपत्रे गर्ने भन्दै नेपाल सरकारले २०७९ सालमा ठेक्का लगाएका थिए । उक्त ठेक्का साह निर्माण सेवाले सकार गरेको थियो । २०८२ साल साउन सम्म निर्माण सम्पन्न भएको सडक झाझ पुलदेखि पचरुखी चोकसम्मका विभिन्न स्थानमा चर्किएपछि अहिले धमाधम काटेर कालोपत्रे उप्काउने काम जारी रहेको छ ।
स्थानीयका अनुसार कतिपय स्थानमा पुरानै पिचमाथि अलकतरा हालेर कालोपत्रे गरिएको थियो, जसका कारण प्रारम्भीक बेस कमजोर रहँदा सडक चाँडै चर्किएको हो । निर्माणकै क्रममा गुणस्तरमा लापरवाही भएको आरोप उनीहरूले लगाए ।
झन् चिन्ताजनक कुरा त के छ भने, मर्मत भइरहेको स्थानहरूमा कुनै पनि चेतावनी वा साँकेतिक बोर्ड नराखिँदा रातिको समयमा दुर्घटनाको उच्च जोखिम बढेको छ । उक्त सडकखण्डमा यसअघि पनि पटक–पटक गम्भीर दुर्घटना भइसकेका छन्, तर सम्बन्धित निकायले सुरक्षाका आधारभूत उपाय समेत अवलम्बन नगरेको भन्दै स्थानीयहरु आक्रोश पोखेका छन् ।
यता डिभिजन सडक कार्यालय चन्द्रपुर रौतहटका प्रमुख डिई अरुणकुमार लाल कर्णले भने सडक अझै निर्माणकै चरणमा रहेको र बाढीग्रस्त क्षेत्र भएको हुँदा ओभरफ्लो भएर पानी बग्ने अवस्थामा कतिपय स्थानमा चर्किएको दाबी गरे । उनका अनुसार केही स्थानमा पर्याप्त कम्पेक्सन नभएकोमा समस्या देखिएको प्राविधिक निष्कर्ष छ र त्यसलाई तत्काल मर्मत गरिदैछ ।
साथै, मर्मत भइरहेका स्थानहरूमा दुईतर्फी देखिने गरी चेतावनी बोर्ड राख्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको उनले जानकारी दिए ।
तर, सरकारी रकम खर्च गरेर निर्माण गरिएको सडक छोटो समयमै बिग्रिनु र त्यसपछि पुनः मर्मतमा लाग्नुले सरकारी निकायको लापरवाही र निर्माण कम्पनीको कमजोरी प्रस्ट देखिएको भन्दै स्थानीयले छानबिन गरेर जिम्मेवार पक्षलाई कारवाहीको दायरामा ल्याउन जोडदार रुपमा माग उठाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।