सेवाग्राहीको चाप व्यवस्थापन गर्न प्रजिअ भुसालद्वारा स्वयं फाँटमा, सेवा प्रवाहमा सुधार

0 Shares
रौतहट, २५ चैत । जिल्ला प्रशासन कार्यालय रौतहटमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै जाँदा नागरिकता फाँटमा अत्यधिक भीडभाड देखिएपछि प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुसाल स्वयं फाँटमा खटिएर सेवा प्रवाहलाई व्यवस्थित बनाउनमा सक्रिय भएका छन् ।
कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवाग्राहीको उच्च उपस्थिति देखिए पछि सेवामा कुनै अवरोध वा असहजता नहोस् भन्ने उद्देश्यले प्रजिअ भुसालले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग समन्वय गर्दै सहजीकरण गर्नमा सक्रिय रहेका हुन् ।
उनको उपस्थितिले नागरिकता फाँटमा देखिएको अव्यवस्था नियन्त्रणमा आउनुका साथै सेवाग्राहीलाई छिटो र सहज रूपमा सेवा प्राप्त हुन थालेको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रमुख रामनरेश साहका अनुसार सेवाग्राहीलाई सन्तुष्ट बनाएर फर्काउने उद्देश्यले प्रजिअ स्वयं फाँटमा बसेर काम गरिरहनु भएको छ । “सेवा लिन आउने नागरिकलाई कुनै समस्या नहोस् भन्ने हिसाबले उहाँले प्रत्यक्ष निगरानी र सहजीकरण गरिरहनु भएको छ,” उनले बताए ।
प्रजिअको सक्रियता प्रति सेवाग्राहीहरूले सकारात्मक प्रतिक्रिया जनाउँदै यसले सेवा प्रवाहमा सुधार आएको बताए । प्रशासनको यस प्रकारको पहलबाट सरकारी सेवाप्रति नागरिकको विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।