सार्वजनिक यातायातको भाडा दरमा वृद्धि

0 Shares
रौतहट, २५ चैत । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्री स्तरीय निर्णयपछि नयाँ भाडा लागू गरेको हो ।
इन्धनको मूल्यमा आएको निरन्तर उतारचढाव तथा अन्य आर्थिक सूचकहरूलाई आधार मानेर भाडादरलाई समायोजन गरिएको जनाइएको छ ।
यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ । यस्तै, मालवाहक सवारी साधनको हकमा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले भाडा वृद्धि गरिएको छ ।
नयाँ निर्णयसँगै अब यात्रु तथा व्यवसायीहरूले यात्रा र ढुवानी गर्दा अध्यावधिक दरअनुसार शुल्क तिर्नु पर्नेछ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएसँगै नेपालमा पनि इन्धनको मूल्य उल्लेखनीय रूपमा बढेको छ । यसै कारण लामो समयदेखि यातायात व्यवसायीहरूले भाडा समायोजनको माग गर्दै आएका थिए ।
भाडा वृद्धि भएपछि सर्वसाधारणमा मिश्रित प्रतिक्रिया देखिएको छ । एकातिर व्यवसायीहरूले निर्णयलाई आवश्यक भन्दै स्वागत गरेका छन् भने अर्को तर्फ बढ्दो महँगीले आम नागरिकको दैनिक खर्चमा थप भार पर्ने चिन्ता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।