‘सम्झौता तोडिए इतिहासकै भीषण हमला हुने’ ट्रम्पको इरानलाई कडा चेतावनी

0 Shares
वासिङ्टन, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक सम्झौता’ पालना नभए इरान माथि इतिहासमै नदेखिएको स्तरको सैन्य आक्रमण गर्ने चेतावनी दिएका छन् ।
युद्धविराम घोषणा भएको भोलि पल्टै ट्रम्पले यस्तो कडा अभिव्यक्ति दिँदै भनेका हुन्, “यदि कुनै कारणबस सम्झौता पालना भएन भने त्यस पछिको कारबाही यति शक्तिशाली हुनेछ कि अहिलेसम्म कसैले देखेको छैनन ।”
ट्रम्पका अनुसार अमेरिकी सेना, अत्याधुनिक हतियार र सैन्य संरचना इरान वरपरकै क्षेत्रमा तयारी अवस्थामा रहनेछ । उनले ‘कमजोर भइसकेको शत्रु’ विरुद्ध आवश्यक सबै सैन्य तयारी कायम राखिएको पनि स्पष्ट पारे ।
उनले ‘वास्तविक सम्झौता’ अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रम रोक्नुका साथै हर्मुज जलडमरूलाई निर्वाध रुपमा सञ्चालन गर्न दिनु पर्ने अमेरिकी अडान रहेको छ । तर इरानले भने युद्धविरामका सर्तमा यस्तो कुनै प्रावधान नभएको दाबी गर्दै अमेरिकाले अनावश्यक दबाब दिएको आरोप लगाएको छ ।
ट्रम्पले भने परमाणु हतियार नबनाउने सहमति भइसकेको दाबी गर्दै सम्झौता कार्यान्वयन नभए पुनः सैन्य कारबाहीका लागि सेना पूर्ण तयारी अवस्थामा रहेको बताए ।
यसैबीच, इसराइल र इरानबीचको तनाव थप चर्किएको छ । इरानले युद्धविराम पछि पनि इसराइलले लेबनन माथि आक्रमण जारी राखेको आरोप लगाउँदै थप वार्ताको औचित्य समाप्त भएको जनाए । इरानी सभामुख मोहम्मद बाघेर गालिबाफले वार्ताको सम्भावना कमजोर भएको संकेत दिएका छन् ।
यता, पाकिस्तानले मध्यस्थता गर्दै इस्लामाबादमा वार्ताको प्रस्ताव राखेको छ । पाक प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामलाई विश्व शान्तिका लागि महत्वपूर्ण कदम भनेका छन्, यद्यपि लेबनन समावेश भएको÷नभएको विषयमा युद्धरत पक्षहरूबीच विवाद कायम छ ।
युद्धविराम पछि मध्यपूर्वमा शान्ति आउने आशा गरिए पनि पछिल्ला घटनाक्रमले उक्त क्षेत्र फेरी ठूलो द्वन्द्वतर्फ धकेलिन सक्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।