ra2 download vn-zoom fundos para zoom download download zoom installer for windows how do i download zoom on my huawei - how do i download zoom on my huawei zoom meeting download for pc join zoom meeting with id & password generator zoom pcr test for travel - zoom pcr test for travel zoom download for windows 10 microsoft store

आउदो निर्वाचन पछि देश काँग्रेसमय बन्ने नेका केन्द्रीय सदस्य भण्डारीको उदघोष

   १६ पुष २०७८, शुक्रबार १९:३२  

तराई टप
तनहु, १६ पुस । जनताहरुको नेपाली काँग्रेस प्रति बढ्दै गइरहेको जन विश्वासबाट आउदो निर्वाचन पछि मुलुक नेपाली काँग्रेसमय हुने दाबी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गरेको छ ।
तनहुँमा नेपाली काँग्रेस बन्दिपुर गाउँ समिति–५ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री समेत रहेका भण्डारीले काँग्रेस जनताको आशा र भरोसा योग्य पार्टी भएको उल्लेख गरे ।
देशैभरी काँग्रेस पार्टी प्रति निष्ठावान भई प्रवेश गर्नेको लहर चलेको छ, जनताहरुको आकर्षणले पार्टीलाई थप सुदृढ बनाउनमा मद्दत पुग्छ, भण्डारीले भने, जनताको भरोसा हामी कदापी टुट्न दिँदैनौँ । पूर्वमन्त्री भण्डारीले काँग्रेसलाई सबल र सक्षम बनाउन तल्लो तहदेखि नै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । भण्डारीले निकट भविष्यमा हुने तीनवटै तहको निर्वाचनमा काँग्रेसले जित्ने दाबी गरे ।
मुलुक र मुलुकवासीको भविष्य नेपाली काँग्रेसको हातमा रहेको उल्लेख गर्दै भण्डारीले जनताले तीन तहको निर्वाचनमा काँग्रेसलाई साथ दिने विश्वास व्यक्त गरे । मुलुकमा भएका सबै विकास र परिवर्तनमा कांग्रेसकै नेतृत्वमा भएको उनको भनाइ थियो । भण्डारीले कम्युनिष्टबाट देश सञ्चालन हुन नसक्ने भन्दै कम्युनिष्टलाई जनताले दिएको दुई तिहाईको जनमतलाई कदर नगरी अहंकारबादमा लागेको कारण सत्ताच्यूत हुनुपरेको समेत उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै